Comments Add Comment

मोरङको कुन स्थानीय तहको बजेट कति ?

Photo Credit : विराटनगरका मेयर भीम पराजुली

११ असार, विराटनगर । संघीय सरकारको निर्र्देशनअनुसार मोरङमा रहेका १७ मध्ये १६ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगर महानगरपालिकाले ५ अर्ब १२ करोड ३० लाख ९० हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरको वार्षिक बजेट ३ अर्ब २९ करोड ४९ लाख १२ हजार ५ सय र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनाको १ अर्ब ८२ करोड ८१ लाख ७८ हजार रुपैयाँ बजेट छ ।

बजेटको स्रोतमा राजस्व बाँडफाँटबाट ७२ करोड ५९ लाख ४३ हजार पाँच सय, संघीय र प्रदेश वित्तीय समानीकरण अनुदान ४७ करोड ८४ लाख ७० हजार बजेट अनुमान गरिएको छ । सशर्त अनुदानको विषयगत कार्यालयतर्फ ५८ करोड ८९ लाख, समपूरक र विशेष अनुदानतर्फ १२ करोड ५० लाख, संघीय सरकार शःसर्त अनुदानतर्फ ३९ करोड ५० लाख रुपैयाँ अनुमान छ ।

त्यस्तै महानगरले बैदेशिक ऋण र अन्य अनुदान तर्फ २ करोड ३२ लाख ४० हजार बजेट अनुमान गरिएको छ ।

सुन्दरहरैंचा नगरपालिकाले १ अर्ब ८ करोड ७७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरले पूर्वाधार विकास तर्फ ३८ करोड २१ लाख ४९ हजार ६ सय, सामाजिक विकास तर्फ २८ करोड ७७ लाख चालु तर्फ ३४ करोड ६७ लाख ४५ हजार विनियोजन गरेको छ ।

बेलबारी नगरपालिकाले १ अर्ब ९१ लाख ९० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । पूँजीगत तर्फ ४२ करोड ५० लाख ५८ हजार रुपैयाँ र चालु तर्फ ५८ करोड ४१ लाख ३२ हजार बजेट सार्बजनिक गरेको हो ।

मंगलबार नै रतुवामाई नगरपालिकाले ७८ करोड ५५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दा रंगेली नगरपालिकाले ७५ करोड ५६ लाख २१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

पथरीशनिश्चरेले ७२ करोड ५२ लाख ६४ हजार बजेट सार्बजनिक गरेको छ । उर्लाबारी नगरपालिकाले ५६ करोड ८० लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

लेटाङ नगरपालिकाले चालु तर्फ २३ करोड ४९ लाख ५० हजार र पूँजिगततर्फ २७ करोड ३७ लाख ७ हजार गरी ५० करोड ८६ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको हो ।

केराबारी गाउँपालिकाले ५० करोड ३ लाख ३ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बुढीगंगा गाउँपालिकाले ४३ करोड ५५ लाख ९६ हजार रुपैयाँको बार्षिक बजेट सार्बजनिक गरको छ ।

मिक्लाजुङ गाउँपालिकाले ३९ करोड २२ लाखको बजेट प्रस्तुत गरेको छ । ग्रामथान गाउँपालिकाले ३८ करोड ५७ लाख ९३ हजार बजेट ल्याएको छ ।

मोरङको धनपालथान गाउँपालिकाले ३७ करोड ८० लाख १५ हजारको बजेट प्रस्तुत गर्दा जहदा गाउँपालिकाले ३७ करोड ७१ लाख ५३ हजार २२६ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कटहरी गाउँपालिकाले ३४ करोड ६५ लाख १५ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्दा मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७६–७७ कालागि ४५ करोड ४५ लाख ४५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत भएको छ ।

विवादले सुनवर्षीको बजेट रोकियो

जनप्रतिनिधिबीचको विवादका कारण मोरङको सुनबर्सी नगरपालिकाको बजेट रोकिएको छ । स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने भए पनि आन्तरिक विवादका सुनबर्सीको बजेट रोकिएको हो ।

जनप्रतिनिधिबीचको कलहका कारण बजेट असार १३ गतेलाई सारिएको छ । तर सुनबर्सी नगरपालिकाका मेयर कालिप्रसाद दास कर्मचारीले ढिलाइ गरेकाले समयमा बजेट ल्याउन नसकेको बताउँछन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी नगरपालिकाको बजेट रोकिनुमा राजनीतिक कारण रहेको बताउँछन् । वडा कार्यालयहरुले पनि बजेट पठाउन ढिलाइ गरेको उनले बताए ।

नगरपालिकाले मंगलबार नगरसभा बोलाए पनि बजेट प्रस्तुत गर्ने विषयमा सहमति जुटेन । मेयर कालिप्रसाद दासले १० गतेदेखि तीन दिनसम्म निरन्तर कार्यक्रम गरेर १३ गते बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको बताए ।

नगरपालिकाले आगामी आर्थिक वर्ष सःशर्त अनुदानबाहेक ३३ करोड हुनेछ । सुनबर्सीमा मेयर दास र उपमेयर मञ्जु राईबीच विवाद छ । योजना छनोट र बजेट विनियोजनका विषयमा सहमति नजुटेका कारण बजेट प्रभावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment