Comments Add Comment

‘आप्पा’मा १३ टेकसम्म खाएँः तुलसी घिमिरे

निर्देशक तुलसी घिमिरेले नेपाली चलचित्र क्षेत्रमा रजत जयन्ती मनाउने चलचित्रदेखि थुप्रै हिट चलचित्र दिएका छन् । ‘कुसुमे रुमाल, लाहुरे, चिनो, देउता, दर्पण छाया’जस्ता सफल चलचित्र निर्देशन गरिसकेका तुलसी कुशल निर्देशकसँगै कुशल कलाकार, लेखक, गीतकार, छायांकर तथा सम्पादक पनि हुन् ।

अहिले तुलसी घिमिरे अभिनित चलचित्र ‘आप्पा’ रिलिजको तयारीमा छ । यो चलचित्रमा उनले कलाकारको भूमिका निर्वाहा गरेका छन् । तुलसीले चलचित्रमा काम गर्दा १३ टेकसम्म खाएका छन् । उनी भन्छन्–‘म प्राय वान टेक कलाकार हुँ । मैले नै लेखेको स्क्रिप्टमा काम गर्न मलाई एक भन्दा बढी टेक लिनै पर्दैनथ्यो । तर, यो चलचित्रमा मैले १३ टेकसम्म खाएको छु ।’ कहिले अभिनय ‘लाउड’ भइदिने, कहिले कमजोर भइदिने भएकाले पनि त्यसलाई मिलाउन १३ टेक खाएको उनको भनाई थियो ।

तुलसीले यस अघि पनि अरु निर्देशकको निर्देशनमा काम गरिसकेका छन् । ‘आप्पा’ निर्देशक अनमोल गुरुङसँग काम गर्दा भने उनले केही फरक महशुस गर्न पाएको बताउँछन् । उनले भने–‘अनमोलले आफू अभिनय गरेर मलाई यस्तो चाहिएको हो भनेर देखाउँदैनन् । उनको बोलीको भरमा हामीले काम गर्नुपर्छ ।’ तर, अनमोल राम्रो काम गर्न सक्ने निर्देशक भएको तुलसीको बुझाई छ ।

भोलीबाट रिलिजको तयारीमा रहेको ‘आप्पा’मा दयाहाङ राई, सिद्धार्थराज तामाङ, अलोना काबोको पनि मुख्य भूमिका छ । यो चलचित्रले बाबु र छोराको प्रेमलाई देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment