
१२ कैलाली, असार । जलस्रोत तथा सिँचाइ विका ििडभिजन कार्यालय कञ्चनपुर महेन्द्रनगरका कार्यलय प्रमुखसहित दुईजना घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कार्यालय प्रमुख उपसचिव अजितकुमार श्रीवास्तव र इन्जिजियर गृष्मा ठगुन्नालाई पक्राउ गरेको हो ।
उनीहरुलाई सेवाग्राहीबाट नगद दुईलाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारको कार्यालयका सूचना अधिकारी टोपबहादुर बिष्टले जानकारी दिए ।
अख्तियारले नियन्त्रणमा लिइएका उपसचिव श्रीवास्तवलाई उपभोक्ता समितिका केही व्यक्तिहरुले कालोमोसो दल्ने प्रयाससमेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4