+
+

वीरगञ्ज भन्सारमा आयात र निर्यातको फरक ५ खर्ब भन्दा बढी

निर्यात ब्यापारमा उत्साहजनक वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १८:०८

१० असार, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा आयात र निर्यातबीचको फरक ५ खर्बभन्दा माथि पुगेको छ । २०७५ साउन देखि २०७६ जेठसम्ममा ५ खर्ब ३७ अर्ब ८७ करोडको मालसमान आयात भएको भने जम्मा २२ अर्ब ७४ करोड रुपैयाँको सामान मात्रै निर्यात भएको छ ।

वीरगञ्ज भन्सार हुँदै भारत तथा तेस्रो मुलुकबाट ठूलो परिमाणमा समान आयात हुने गरेको छ भने त्यसको तुलनामा निर्यात एकदमै कम हुन्छ । सडक मार्ग हुँदै आएका मालबाहक सवारी साधन वीरगञ्ज भन्सार कार्यालय भएर आउने गरेका छन् ।

आयात निर्यातको तुलना

वीरगञ्ज भन्सार कार्यालयबाट आर्थिक वर्ष ०७५/०७६ को जेठ महिनामा ५१ अर्ब ७२ करोडको समान आयात भएको छ । जुन गत आर्थिक वर्ष ०७४/०७५ को भन्दा ४.३१ प्रतिशत अर्थात २ अर्ब ३३ करोडले कम हो ।

जेठ महिनासम्मको तथ्याङ्क हेर्दा भने आयातमा १५ प्रतिशतले वृद्धि भएको छ । ०७४/७५ मा ४ खर्ब ६६ अर्ब ३ करोडको समान आयात भएको वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा ५ खर्ब ३७ अर्ब ८७ करोडको समान आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क छ ।

निर्यातमा भने ७२.५३ प्रतिशतले वृद्धि देखिएको छ । ०७४/०७५ को ११ महिनामा १३ अर्ब १८ करोडको समान निर्यात भएको थियो भने ०७५/०७६ मा २२ अर्ब ७४ करोड मुल्य बराबरको समान निर्यात भएको छ ।

आयातको तुलनामा परिमाण निकै सानो भए पनि निर्यात तर्फ भने ८९.२१ प्रतिशतले वृद्धि भएको देखिएको छ । गत आर्थिक वर्षको जेठ महिनामा १ अर्ब ३९ करोडको समान निर्यात भएकोमा चालु आर्थिक वर्षको जेठमा २ अर्ब ६३ करोडको समान निर्यात भएको छ ।

भन्सार नाका हुँदै तेल, फिड सप्लिमेन्ट, स्पोर्ट सुज (सेन्थेटीक सूज), जुस जाम, खुदो, आल्मोनियम छड डण्डी, जमोठ कपडा, सिआरसिट, हाते झोला, फलामे पत्रु, टोपी तथा तामाका सामान निकासी हुने गरेका छन् ।

वीरगञ्ज भन्सार नाका हुँदै नयाँ सवारी साधन तथा त्यसको पाटपूर्जा, पेट्रोलियम पदार्थ, पत्थरकोइला, फलामे छडडण्डी, पाइप, सिमेन्ट क्लिङ्कर, तयारी कपडा, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेसिनरी तथा कच्चा पदार्थ आयात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?