+
+

माछापुच्छ्रे गाउँपालिकाले सबै विद्यालय प्याडयुक्त बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते २०:०३

१२ असार, पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आउँदो आर्थिक वर्षमा सबै विद्यालय प्याडयुक्त हुने भएका छन् । गाउँपालिकाले बिहीबार आर्थिक वर्ष ०७५/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै विद्यालयलाई प्याडयुक्त बनाउने घोषणा गरेको हो ।

किशोरीहरु महिनावारीकै कारण बीचैमा पढाइ छाड्नेलगायतका समस्या उत्पन्न हुन थालेपछि गाउँपालिकाले नै स्यानिटरी प्याड वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

गाउँपालिकाभरि ४३ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा आधाभन्दा बढी विद्यार्थी किशोरी रहेको अध्यक्ष गुरुङले सुनाए । ‘आधाभन्दा बढी किशारी छन् । ती किशोरी महिनावारी कै कारण समस्यामा पर्नुपरेको छ,’ उनले भने, ‘विद्यालय बीचमै नछाडून् र आफ्नो स्वास्थ्यमा पनि स्वास्थ्यमा पनि ख्याल राखून् भनेर स्यानिटरी प्याड वितरण गर्न लागेका हौं ।’ संस्थागत विद्यालयको हकमा भने यो सुविधा लागू उनले प्रस्ट्याए ।

गाउँपालिका उपाध्यक्ष कृष्णा पौडेल दवाडीले किशोरी प्रजनन् शिक्षालाई पनि जोड दिइएको बताइन् । ‘किशोरी प्रजनन् शिक्षाबाट चेतनामा सकारात्मक प्रभाव पर्ने अपेक्षा राखेका छौं,’ उनले भनिन्, ‘यसबाट बाल विवाह, लैंगिक हिंसा न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिएका छौं ।’ गाउँपालिकाले स्वास्थ्य सेवामा सुत्केरी हुनेलाई प्रोत्साहन पोषण पनि प्रदान गर्ने नीति लिएको छ ।

गाउँपालिकाले वडा नम्बर १ र २ जोड्ने सेती नदीमा नेपालकै लामो झोलुंगे पुल बनाउन सम्भाव्यता अधययन गर्ने भएको छ । कुमारी हिमालका रुपमा चिनिएको माछापुच्छ्रे हिमाल खुला गर्न प्रदेश तथा संघीय सरकारसँग आवश्यक सहकार्य गर्ने नीति लिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ को बजेट बिहीबार नै सार्वजनिक गरेको छ । आउँदो आर्थिक वर्षका लागि ५६ करोड ६१ लाख रुपैयाँ बजे गाउँपालिका उपाध्यक्ष कृष्णा पौडेल दवाडीले सार्वजनिक गरेकी हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा पुर्वाधारतर्फ सर्वाधिक ६९ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिइन् । सामाजिक विकासतर्फ १७ प्रतिशत विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?