Comments Add Comment

कोहली र समीले भारतलाई जिताए, वेष्टइण्डिज आउट

काठमाडौं । कप्तान विराट कोहली र मोहम्मद समीको उत्कृष्ट प्रदर्शनसँगै भारतले विश्वकप क्रिकेटमा वेष्टइण्डिजमाथि १२५ रनको शानदार जित हात पारेको छ ।

यससँगै भारत सेमिफाइनल नजिक पुगेको छ भने  वेष्टइण्डिजको अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ ।

म्यानचेष्टरमा २६९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज ३४.२ ओभरमा १४३ रन जोड्दा अलआउट भयो । उसको सुरुवात राम्रो रहेन । समीले पहिलो विकेटका रुपमा क्रिस गेलको विकेट लिँदा टिमको स्कोर मात्र १० रन थियो । उनी व्यक्तिगत ६ रनमा आउट भए । दोस्रो विकेटका रुपमा शाइ होपलाई ५ रनमा समीले बोल्ड गरेका थिए ।

सुनिल अम्ब्रिस र निकोलस पोरनले पारी सम्हाल्ने प्रयास गरे । दुबैले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । सुनिल २८ रनमा आउट भए । त्यसपछि वेष्टइण्डिजको विकेट झर्न क्रम रोकिएन ।

समीले १६ रन खर्चिएर ४ विकेट लिए भने जसप्रित बुमराह र युजबेन्द्र चाहलले २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६८ रन बनाएको थियो । सम्मानजनक स्कोर बनाउने क्रममा भारतका लागि कप्तान विराट कोहलीले ७२ रन बनाए । उनले ८२ बलमा ८ चौका प्रहार गरे ।

भारतका लागि कप्तान विराट र केएल राहुलले ६९ रनको साझेदारी गर्दै पारी उकासेका थिए । तर राहुल ४८ रनमा आउट भए । भारतको लागि महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्याले राम्रो खेल्दै उकासे । धोनी ५६ रनमा अविजित रहे भने हार्दिकले ४६ रनमा आउट भए ।

बलिङतर्फ वेष्ट इन्डिजका केमार रोएचले तीन विकेट लिए । त्यस्तै, कप्तान ज्यासन होल्डर र शेल्डन कोट्रेलले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment