Comments Add Comment

खानपानको कुराः कसरी पचाउँछ शरीरले ?

केहि व्यक्तिको खानासँग पानी पिउने बानी हुन्छ । त्यस्तै रेष्टुरेन्टमा पनि पिज्जा, बर्गरको साथमा कोल्ड डि्रंक्स पिउने अथवा खाना खाएपछि आइसक्रिम खाने बानी हुन्छ । खानासँग पानी, कोल्ड डि्रङ्स अथवा कुनै पनि किसिमको तरल पदार्थ खानु स्वास्थ्यको लागि राम्रो होइन भन्ने धारणा धेरैमा छ ।

खानासँग तरल पदार्थ सेवन गर्दा पाचनमा असर पर्न सक्ने पनि धारणा रहेको पाइन्छ  । के खानासँग तरल पदार्थ बास्तवमा नै हानिकारक छ  त ?

खाना कसरी पच्छ ?

खानासंग तरल पदार्थ हानिकारक हुन्छ कि हुँदैन भन्ने जान्नका लागि पहिला पाचनक्रियाको बारेमा जान्न जरुरी छ । हामीले खाएको खानाको पाचन प्रकृयाको शुरुआत मुखबाट हुन्छ । हामीले खाएको खाना मुखमा परेपछि हाम्रो मुख भित्र भएको र्‍यालसँग मिसिन्छ । र्‍यालमा एन्जाइम्स हुन्छ, जसले खानालाई सानो सानो टुक्रा बनाउँछ ।

र्‍याल मिसिएको यो खाना जब हाम्रो पेटमा पुग्छ, खाना एसिडिक ग्यास्टि्रक जुससँग मिल्छ । एसिडिक ग्यास्टि्रक जुससँग खाना मिल्नासाथ  खाना झन् स-सानो टुक्रा बन्छ । त्यसपछि हाम्रो पेटमा एउटा गाढा तरल पर्दा बन्न शुरु हुन्छ, जसलाई चाइम भनिन्छ । यो चाइम लिभरद्वारा बनेको बाइल जूस र प्याङक्रियाजद्वारा बनाएको पाचक एन्जाइम्ससँग मिल्छ ।

यी सबै कुराहरु मिलेर भोजनबाट सबै पोषक तत्व छुट्याउछन् र यसलाई रगत बनाउँछन् । यसरी सबै खाना पचाइन्छ र पाचन प्रकृया पुरा हुन्छ । हामीले खाएको खाना पच्नको लागि २४ देखि ७२ घण्टा समय लाग्छ ।

खानासंग तरल पदार्थ हानिकारक

यदि तपाईं फाइदाको हिसाबले हेर्नु हुन्छ भने धेरै पानी अथवा तरल पदार्थ सेवन गर्नु स्वास्थयको लागि राम्रा हो । तर खानासंग तरल पदार्थ सेवन गर्दा स्वास्थ्यमा ३ प्रकारका प्रभाव पर्छन् ।

खानासँग मदिरा

यदि तपाईको खानासँग मदिरा अथवा कोल्ड डि्रङ्क्स पीउने बानी छ भने यो आजबाटै त्याग्नु होस् । खानासँग मदिरा, कोल्ड डि्रङ्क्स पिउनाले हाम्रो मुख भित्रको र्‍याल बन्ने प्रक्रिया १० देखि १५ प्रतिशत कम हुन्छ । जसको कारण हाम्रो पाचन प्रक्रिया प्रभावित हुन्छ । त्यस्तै खानासँग अल्कोहल र कोल्ड ड्रिङ्क्स पिउनाले खानामा भएको पोषक तत्व शरीरमा पुर्ण रुपमा प्राप्त हुँदैन ।

खानासँग पानी

खानासंग पानी पिउँदा पाचनमा कुनै पनि प्रभाव पर्दैन । धेरै मानिस खानासंग पानी पिउँदा पेटमा बन्ने एसिड पानीको कारण पातलो हुन्छ जसको कारण पाचन प्रभावित हन्छ भन्ने सोच्छन् । तर पानीले खाना पाचनमा प्रभाव पार्छ भन्ने कुनै पनि तथ्य मेडिकल साइन्सले मानेको छैन ।

फाइदाजनक पनि छ खानसँग पानी 

खानासंग पानी पीउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भन्ने बैज्ञानिकको धारणा छ । यदि तपाई खानासंग पानी पिउनु हुन्छ भने खानाको ठुला टुक्रा छिट्टो र सजिलोसंग टुक्रिन्छ । त्यस्तै खानासंग पानी पिउँदा तपाईको पेट छिट्टो भरिन्छ र कम खाना खाइन्छ ।

खाना खानु अगाडि आधा लीटर पानी पिएर खाना खानु भएमा तपाईको वजन पनि घट्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment