Comments Add Comment

बाबर अजामले विराटको कीर्तिमान बराबरी गर्लान् ?

१३ असार, काठमडौं । धेरै युवा ब्याट्सम्यान भारतका कप्तान विराट कोहलीको खेलबाट प्रभावित छन् ।

उनले चालु विश्वकपमा एउटा सबैभन्दा छिटो २० हजार रन बनाउने कीर्तिमान पनि बनाएका छन् । पाकिस्तानका ब्याट्सम्यान बाबर अजाम पनि विराट कोहलीको खेलबाट प्रभावित छन् ।

ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरले भनेका छन् न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जितमा शानदार शतक बनाउँदै बाबर अजाम कोहलीको कीर्तिमान बराबर बनाउने पथमा अघि बढिसकेका छन् ।

ब्याटिङको कठिन परिस्थितिमा र न्युजिल्यान्डको उत्कृष्ट बलिङमा पनि क्रिजमा टिकिरहे अजाम । अन्ततः महत्वपूर्ण खेलमा पाकिस्तानलाई ६ विकेटको जित दिलाए ।
पाकिस्तान क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक फ्लावरलाई पूरै विश्वास छ कि बाबर अगाडि बढ्दै जाने छन् र पाकिस्तान क्रिकेटका लेजेन्डको कीर्तिमानमा आफूलाई सामेल गर्नेछन् ।

प्रशिक्षक फ्लावरले यो पनि खुलासा गरेका छन् कि बाबर फ्लुबाट दुई दिन ग्रसित भएका थिए । प्रशिक्षक भन्छन्, ‘न्युजिल्यान्डविरुद्धको खेल अघि बाबर दुई दिन फ्लुबाट ग्रसित थिए । उनले मंगलबार ब्याटिङ प्राक्टिस नै गरेनन् । यस्तो मैले पहिलो पटक देखे । आत्मविश्वासले उनले हानेको शतक सबै भन्दा राम्रो थियो ।’

प्रशिक्षक फ्लावर थप्छन्, ‘मैले धेरै पटक उनले शतक हानेको देख्दै आएको छु । तर यो पिचमा ब्याटिङ गर्न सजिलो थिएन । पिचमा बल निकै घुमिरहेको थियो । लोकी फर्गुसनले तिब्र गतिको बलिङ गरिहेका थिए । तर उनले राम्रो खेले । उनीमा रन बनाउन भोका छन् । उनी युवा छन र फिट पनि छन् ।’

विश्वकप क्रिकेटमा अब पाकिस्तानले दुई खेल खेल्दैछ । पाकिस्तानले भोलि शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो अन्तिम खेलमा भने पाकिस्तानले जुलाई पाँचमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यी दुबै खेलमा पाकिस्तानले जित हात पारे विश्वकपको सेमिफाइनलमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment