+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुई अध्यक्षको सहमति मार्केटिङ गर्ने विषय होइन : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते १९:५२

१५ असार, विराटनगर । उपप्रधानमन्त्री तथा नेकपा नेता ईश्वर पोखेलले पार्टीका दुई अध्यक्षबीच प्रधानमन्त्री भएको भनिएको सहमतिको अनावश्यक रुपमा मार्केटिङ (प्रचार) भइरहेको आरोप लगाएका छन् ।

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा विराटनगरमा आइतबार आयोजित अन्तर्क्रियामा उनले प्रधानमन्त्री पद आलोपालोको विषय मार्केटिङ गरिरहनुपर्ने विषय नभएको बताएका हुन् ।

‘आलोपालोको विषयमा भित्री सम्झौताबारे कमिटीलाई नै थाहा छैन, यदि दुई अध्यक्षले गरेको भए पनि त्यसको समय, मर्यादा, सीमा, प्रक्रिया हुन्छ, त्यो मार्केटिङ गर्ने बिषय होइन र बाहिर ल्याउन आवश्यक छैन’ उनले भने ।

पोखरेलले हरेक कुराको समय, प्रक्रिया र ठाउँ हुने भन्दै कतिपय कुरा सुहाउँदो ढंगले गर्नुपर्ने प्रतिक्रिया दिए । पार्टीले विश्लेषण गरेर कसलाई के जिम्मा दिने भन्ने विषयमा संस्थागत निर्णय गर्ने उनले दावी गरे ।

ठूला पार्टी मिल्दा कतिपय अवस्थामा यस्ता सहमति भएको हुनसक्ने भन्दै उनले यसलाई अन्यथा नठान्न पनि आग्रह गरे । पार्टी एकताको धेरै समय नभएकाले सबैले बुद्धि पुर्‍याएर कदम चाल्नुपर्ने उपप्रधानमन्त्री पोखरेलले बताए ।

उनले जनताको बहुदलीय जनवाद भन्ने शब्द लय मिलेको र मदन भण्डारीको नाम भएकाले मात्र माया नगरिएको धारणा राखे । उनले पार्टी एकतामा जे सहमति भएको छ त्यो सबैले अक्षरशः पालना गर्नुपर्ने पनि बताए ।

‘अहिले जनताको बहुदलीयलाई छाडेर जनताको जनपवादमात्र स्वीकार गर्ने भन्ने कुरा सम्भव छैन’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘पार्टी एकताको समयमा औपचारिक रुपमा नै भएको सहमति सबैले मान्नुपर्छ ।’ उनले पार्टीभित्र वैचारिक मतभेद हुनु सामान्य भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?