+
+
Shares

‘आमा’को छायाकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते १३:०७

‘पशुपति प्रसाद’ जस्तो सफल चलचित्र निर्देशन गरेर चर्चा कमाएका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘आमा’को शुभसाइत गरिएको छ । पशुपति मन्दिरमा शुभसाइत गर्दै चलचित्रको छायांकन समेत सुरु गरिएको छ ।

नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिदै तयार पारिएको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । चलचित्रलाई फागूण ९ गतेबाट रिलिज गर्ने तयारी समेत गरिएको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले आमा र छोरीको कथालाई उठान गर्नेछ । चलचित्रमा सूर्यमाला खनाल शिर्ष भूमिकामा छिन् । उनको साथमा चलचित्रमा सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ ।

चलचित्रलाई निर्देशक खनाल आफैले खिच्दैछन् । वुझिएअनुसार, यो चलचित्रको अधिकांश दृश्यमा पानी परेको देखाउनुपर्नेछ । यसैले पनि निर्माणपक्षले पानी पर्ने महिनाको रुपमा असारलाई रोजेको हो । यो चलचित्रलाई काठमाण्डौ र रामेछापमा खिचिनेछ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्र ‘घर’ साउनको ३ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?