Comments Add Comment

डेल स्टेयन युरो टी-२० एसलाम क्रिकेटको मार्की प्लेयर

१७ असार, काठमाडौं । दक्षिण अफ्रिकाका स्टार खेलाडी डेल स्टेयन पहिलो पटक हुन लागेको युरो टी-२० एसलाम क्रिकेट लिगको मार्की खेलाडी चुनिएका छन् ।

अगष्ट ३० बाट सुरु हुने प्रतियोगितामा डेल मार्क खेलाडीमा छानिएका हुन् । विश्वकप सुरु हुनै लाग्दा चोटको कारण टिमबाहिर रहेको डेलले युरो टी-२० एसलाम लिग खेल्ने भएका हुन् ।

यो लिगमा ६ वटा फ्रेन्चाइज टिम हुने छन् । क्रिकेटकै इतिहासमा पहिलो पटक यो लिगमा तीन वटा देशका क्लबले प्रतिनिधित्व गर्ने छन् । यो प्रतियोगिता नेदरल्यान्ड्स, स्कटल्यान्ड र आयरल्यान्डको संयुक्त आयोजनामा हुन लागेको हो । तीनै देशबाट समान २-२ वटा क्लबले खेल्ने छन् ।

त्यस्तै, अन्य मार्की तथा आइकोनीक खेलाडीमा पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदी, अष्ट्रेलियाका क्रिस लिन, अष्ट्रेलियाकै शेन वाट्सन, पाकिस्तानका बाबर अजाम, दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर ब्रेन्डन म्याकुलम र न्युजिल्यान्डका लुक रोन्ची रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment