Comments Add Comment

श्रीलंकामा मृत्युदण्ड, काठमाडौंमा विरोध

१७ असार, काठमाडौं । चार दशकपछि श्रीलंकाले मृत्युदण्ड सजायँ ब्युँताउन लागेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । मृत्युदण्डको विरोधमा एमनेष्टी इन्टरनेसनललगायतका विभिन्न अधिकारवादी संघसंस्थाले मंगलबार महाराजगञ्जस्थित श्रीलंकन दुतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका लागि दुतावास पुगेका अधिकारकर्मीहरूले नेपालका लागि श्रीलंकन राजदूत स्वर्णा परेरालाई ज्ञापनपत्र बुझाएको जवाफदेहिता निगरानी समितिका अध्यक्ष चरण प्रसाइर्ंले जानकारी दिए ।

‘संसारभरि मृत्युदण्डको विरोध भइरहेका बेला ४२ वर्षपछि किन लागु गर्नुपर्‍यो भनेर विरोध गरेका हौं’ प्रसाईले अनलाइनखबरसँग भने, ‘ज-जसलाई मृत्युदण्ड दिन खोजिएको छ, उनीहरूको जीवन रक्षा हाम्रो तत्कालको माग हो ।’

गत शुक्रबार श्रीलंकाले मृत्युदण्ड दिनका लागि दुईजना जल्लाद नियुक्त गरेपछि अधिकारकर्मीहरूले यसको विरोध गरेका छन् । श्रीलंकन राष्ट्रपति मैत्रीपाल सिरिसेनाले ४२ वर्षपछि गत बुधबार मृत्युदण्डको सजायँ पुनः ब्युँताएको घोषणा गरेका थिए ।

सन् १९७६ यता श्रीलंकाले कसैलाई पनि मृत्यदण्ड सजायँ दिएको थिएन । श्रीलंकामा मृत्युदण्डको सजायँ सुनाएका एक हजार दुई सय ९९ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment