
१७ असार, काठमाडौं । नौ वर्ष पहिले घुससहित पक्राउ परेका तत्कालिन नेकपा (एमाले) का सांसद डोलबहादुर कार्कीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए । प्रहरी निरीक्षकमा भर्ना गर्न भनेर लिएको घुस रकम मध्ये एक लाख रुपैयाँ प्रहरीले स्वामीको घरबाट बरामद गरेको थियो ।
२०६७ सालमा अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि २०६८ जेठमा कार्की र स्वामी सर्वोच्चमा पुगेका थिए ।
लमजुङ घर भएका कार्की एमालेबाट समानुपातिक सांसद बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4