Comments Add Comment

ठगी आरोपमा समातिए काभ्रेका गुण्डा सत्यमान लामा

Photo Credit : गुन्डा नाइके दावा लामासँग सत्यमान ।

१७ असार, काठमाडौं । प्रहरीले काभ्रेका गुण्डा सत्यमान लामालाई ठगी आरोपमा पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

महाशाखाका एक अधिकृतका अनुसार भूकम्प पीडितका लागि काभ्रेको तिमाल गाउँपालिकामा हस्पिटल बनाउँछु भनेर उनले १ करोड ७५ लाख रुपैयाँ लिएका थिए ।

ताइवानको संस्था ‘वल्र्ड विथ आउट सफरिङ’बाट रकम लिएर उनले काम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

तर, विस्तृत अनुसन्धानका लागि अख्यितारले महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुलाई पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा लामाको बैंक खातामा पैसाको कारोबार देखिएको थियो ।

पीडितका अनुसार लामाले रकम लिइसके पनि हस्पिटलको जग समेत हालिएको छैन । लामा अर्का गुण्डा नाइके दावा लामाका सहयोगी समेत हुन् ।

उनी बोदिचित्तको व्यापार समेत गर्छन् । उनको नाम रक्तचन्दन तस्करी पनि मुछिएको थियो ।

यसअघि अघिल्लो वर्ष २८ असारमा काठमडौं प्रहरी परिसर, टेकुले सत्यमानलाई किसानको माला लुटपाट गरेको अभियोगमा पक्राउ गरेको थियो । तर, सांसद् नविना लामाले उनलाई छुटाएकी थिइन् ।

प्रहरीले गरेको गुण्डाको वर्गीकरणमा ‘क’ वर्गको सूचीमा परेका लामामाथि प्रहरीले लुटपाट, गुण्डागर्दी र अवैध डलर कारोबारमा संलग्न भएको आरोप लगाउँदै आरोप लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment