+
+
Shares

गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २८ गते १२:२१
गुन्डा नाइके दावा लामासँग सत्यमान ।

२८ असार, काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामा पक्राउ परेको पुष्टि गरे ।

पक्राउ परेका लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी रहेको थियो ।

बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्मानमाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो । उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।

थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?