
भनिन्छ, मान्छेको व्यक्तित्व उसले लगाएको जुत्ताबाट झल्किन्छ । व्यक्तित्वमात्र होइन, जुत्ताले मानिसको हैसियत समेत बताउँछ भन्नेहरु पनि प्रसस्त छन् । जुत्ता-चप्पललाई हामीले इज्जत गरेर लगायौं भने त्यसले पनि हाम्रो इज्जत बढाउँछ ।
प्रायः समय, मौसम र अवसर हेरेर जुत्ता-चप्पल लगाउनु पर्छ । जुत्ता-चप्पलको मामलामा महिलाहरु पुरुषभन्दा एक कदम अगाडि हुन्छन् । यहाँ हामी महिलाहरुले कस्तो अवसर र समारोहमा कस्तो जुत्ता-चप्पल लगाउन त ?
साँझको पार्टीमा
साँझको पार्टी अथवा जमघटहरुमा सामान्य फ्ल्याट तथा हल्का हिल भएको चप्पल अथवा जुत्ता लगाउनु पर्छ । यस्तो अवसरमा चौडा हिल भएको चप्पल पनि उपयुक्त हुन सक्छ । यसले खुट्टालाई आराम दिन्छ । लगाएर हिँड्न पनि सजिलो हुन्छ । कुनै पार्टीमा धेरै हिँड्नु छ भने चौडा हिल भएको जुत्ता अथवा चप्पलले तपाईंलाई सजिलो हुन सक्छ ।
साँझको पार्टीमा अग्लो हिल भएको जुत्ता लगाउनु हुँदैन । अग्ला हिल भएका जुत्ता अथवा चप्पलहरु औषतभन्दा लामा हुन्छन् । अग्लो हिल भएको जुत्ता अथवा चप्पल लगाएर धेरै समयसम्म हिँडडुल गर्न गाह्रो हुन्छ ।
रातीको पार्टी
रातीको पार्टी र खुलेर डान्स गर्ने योजना छ भने जुत्ता-चप्पलको छनोट अलि बढि नै ध्यान दिनु पर्छ । जुत्ताकै कारण नाच्न सकिएन भने तपाईंलाई नरमाइलो लाग्न सक्छ । जुत्ता सहज महसुस नहुञ्जेल डान्सको मज्जा नै लिन सकिंदैन ।
जुत्ताकै कारण तपाईंले पार्टीमा इन्जोय गर्न सक्नु हुन्न । त्यसैले रातीको पार्टीमा हिल कम भएको जुत्ता नै उपयुक्त हुन्छ । अझ वेज हिल भएका जुत्ता नै रातीको पार्टीका लागि उपयुक्त हुन्छ । त्यस्तो हिल भएको जुत्ता लगाएर आरामले डान्स गर्न सकिन्छ । यो हिलले खुट्टालाई पूर्ण रुपले सपोर्ट दिन्छ, रत्तिभर असहज महसुस हुन दिंदैन । रातीको पार्टीका लागि सितारा तथा मोती जडित जुत्ता-चप्पल त छान्नै हुँदैन ।
घुमफिर
साथी-भाइहरूसँग बाहिर आउटडोर घुम्न जानु भएको बेला फ्ल्याट जुत्ता लगाउनु उपयुक्त हुन्छ । यस्तो बेला जिन्ससँग स्पोर्ट्स सुज पनि उपयुक्त हुनसक्छ ।
होटल/रेष्टुराँ
डिनरका लागि होटल तथा रेष्टुराँ गएको बेला हल्का फेसनेवल हुन मन लाग्छ । त्यस्तो बेलामा आफ्नो पहिरन अनुसारकै जुत्ता-चप्पल छनोट गर्नु पर्छ । त्यो बेला साधारण खालको पहिरन लगाइएको छ भने जुत्ता-चप्पलमा विशेष ध्यान दिनु पर्छ । साधारण पहिरनमा तडकभडक तथा स्टाइलिस जुत्ता सुहाउँदैन । यस्तो ठाउँमा जाँदा हल्का हिल भएको जुत्ता राम्रो हुन्छ ।
विवाहको पार्टी
विवाह, व्रतबन्धजस्ता विशेष अवसरमा हाइहिल भएकै फुटवेयर प्रयोग गर्न सकिन्छ, जसले तपाईंको शारीरिक वनावटलाई आकर्षक देखाउँछ । यस्तो अवसरमा आफुले लगाएको पहिरनसँग जुत्ता-चप्पल मिलेको छ कि छैन भन्ने कुरामा ध्यान दिनु पर्छ । यस्ता अवसरमा सितारा, मोती जडित स्टाइलिस जुत्ता-चप्पल लगाउन सकिन्छ ।
प्रतिक्रिया 4