Comments Add Comment

ब्राजिल फाइनलमा, मेस्सीको टिम अर्जेन्टिना आउट

१८ असार, काठमाडौं । अर्जेन्टिनालाई पराजित गर्दै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको सेमिफाइनल खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबेर्टो फिर्मिन्होले गोल गरे ।

पहिलो हाफमा एक गोलले अघि रहेको ब्राजिलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो । खेलको १९औं मिनेटमा नै जेसुसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनकै गोलमा ब्राजिलले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पनि ब्राजिलले गोल गर्दै आफ्नो अग्रतालाई दोब्बरमा पुर्‍याएको थियो । ब्राजिलका लागि खेलको ७१ औं मिनेटमा फिर्मिन्होले गोल गरे । उनको गोलसँगै ब्राजिलले २–० गोलको अग्रता बनाएको थियो । अर्जेन्टिनाले गोल गर्ने राम्रो अवसर खेर फल्दा हार्न पुग्यो ।

अब ब्राजिलले उपाधिका लागि चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment