Comments Add Comment

आवाज सुनेर टाइप गर्ने गुगल डक्स, यसरी प्रयोग गर्नुस्

गुगलको नयाँ एप्लिकेसन गुगल डक्सको प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा लगातार बढोत्तरी भइरहेको छ ।

माइक्रोसफ्ट वर्डजस्तै गुगल डक्समा पनि प्रयोगकर्ताले बेसिक वर्ड प्रोसेसिङ फिचर तथा शर्टकटहरु प्राप्त गर्दछन् । गुगल डक्सको सबैभन्दा ठूलो विशेषता भनेकै के हो भने यसमा किबोर्डविनै अर्थात् बोलेरै टाइप गर्न सकिन्छ ।

बिल्ट इन भ्वाइस टाइपिङ फिचरसँगै गुगल डक्समा अंग्रेजी, हिन्दी, नेपाली तथा अफ्रिकीलगायतका विभिन्न भाषाहरु पनि उपलब्ध छन् ।

यदि तपाइँ पनि गुगलको यो महत्वपूर्ण फिचरको प्रयोग गरी आफ्नो टाइपिङलाई फास्ट तथा सजिलो बनाउन चाहनुहुन्छ भने यसको प्रयोगका लागि तपाइँको डिभाइसको माइक्रोफोनले सही ढंगले काम गरेको हुनुहुन्छ । साथै डिभाइसमा इन्टरनेट कनेक्ट हुनुपर्ने तथा कम्प्युटरमा गुगल क्रोम ब्राउजर पनि इन्स्टल भएको हुनुपर्नेछ ।

· सबैभन्दा पहिले आफ्नो क्रोम ब्राउजरमा गुगल डक्स खोल्नुहोस्

· नयाँ डकुमेन्ट सिर्जना गर्ने वा पहिले काम गरिरहेको डकुमेन्ट पुनः खोल्नका लागि ‘प्लस’ आइकनमा क्लिक गर्नुहोस्

· त्यसपछि टूल्स अप्सनमा जानुहोस्

· ड्रप डाउन मेन्यूबाट भ्वाइस टाइपिङ्ग अप्सन सेलेक्ट गर्नुहोस्

· त्यसपछि स्क्रिनको माथि बायाँतर्फ माइक्रोफोनको एउटा आइकन देखा पर्नेछ । त्यसलाई ड्रयाग गरेर कहीँ पनि प्लेस गर्न सक्नुहुन्छ ।

· त्यसपछि माइक्रोफोन आइकनमा क्लिक गर्नुहोस् र माइक्रोफोन प्रयोग गर्नका लागि अनुमति दिने

· अन्त्यमा माइक्रोफोनमा क्लिक गरेर बोल्न सुरु गर्नुहोस्

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment