
१८ असार, काठमाडौं । भारतका क्रिकेट खेलाडी आम्बाती रायडुले अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
मध्यक्रमका ब्याट्सम्यान रायडुले आज सन्यासको घोषणा गरेका हुन् । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आफू पर्ने अपेक्षा उनले गरेका थिए । तर, उनी बैकल्पिक खेलाडीको सूचीमा भने परेका थिए । भारतीय टिममा रहेका शिखर धवन र विजय शंकर आउट हुँदा उनीहरुको स्थानमा रिषभ पन्त र मयंक अग्रवालले स्थान पाए ।
अन्तिम समयसम्म पनि टिममा पर्ने अपेक्षा राखेका उनले बुधबार भने सन्यास लिएको घोषणा गरेका हुन् ।
रायडुले ५५ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा एक हजार ६९४ रन बनाएका छन् । उनले सन् २०१३ मा जिम्बाब्वेविरुद्धको खेलमा एकदिवसीय क्रिकेटबाट भारतीय क्रिकेट टिममा डेब्यु गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4