Comments Add Comment

क्रिकेटर बन्दै तापसी

बलिउड अभिनेत्री तापसी पन्नू छोटो समयमै स्थापित हुने थोरै अभिनेत्रीहरु मध्येकी एक हुन् । उनले आफूलाई उत्कृष्ट अभिनय क्ष्ँमता भएकी अभिनेत्रीको सूचीमा समावेश गराइसकेकी छिन् । उनले प्राय सबै जनराका फिल्महरुमा अभिनय गरेर आफ्नो क्षँमता प्रमाणित गरिसकेकी छिन् । यसैबीच, पछिल्लो एउटा समाचारका अनुसार तापसीले चाडै नै भारतीय महिला क्रिकेट टिमकी पूर्व कप्तान मिताली राजको बायोपिकमा उनकै चरित्र निर्वाह गर्ने सम्भावना छ ।

यदि त्यस्तो भयो भने तापसीले खेलाडीको भूमिका निर्वाह गरेको यो दोस्रो अवसर हुनेछ । यसअघि उनले दिलजीत दोसाझसँग सूरमा हकी खेलाडीको भूमिका निर्वाह गरिसकेकी छिन् ।

भनिन्छ, मिताली राजको भूमिकाका लागि तापसीलाई शर्टलिस्ट गरिएको छ । त्यसो त अहिलेसम्म यो कुराको आधिकारिक घोषणा हुनै बाँकी छ । फिल्मको स्त्रिmप्ट लेखन कार्य पुरा भैनसकेकोले तथा निर्देशककको समेत टुंगो नलागेकाले कलाकारहरुको नाम पनि गोप्य राखिएको बताइन्छ ।

एउटा अन्तर्वार्ताको क्रममा तापसीलाई मिताली राजको बायोपिकको बारेमा जिज्ञासा राखिएको थियो । त्यसको जवाफमा उनले भनेकी थिइन्-‘यदि मलाई उक्त फिल्ममा प्रस्ताव गरियो भने म उक्त चरित्र खुशीका साथ निर्वाह गर्नेछु ।’

तापसीले स्र्पोट्स बायोपिकमा अभिनय गर्नुका छुट्टै रमाइलो रहेको तथा आफु जहिले पनि त्यसका लागि तयार रहने समेत बताएकी छिन् ।

मिताली राज भारतकी एक मात्र महिला क्रिकेटर हुन्, जसले वन डे इन्टरनेशनल क्रिकेटमा ६ हजार भन्दा बढि रन बनाएकी छिन्, जसमा उनका ७ शतक तथा ५२ अर्धशतक पनि समावेश छन् । हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा मितालीले २० वर्ष पुरा गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment