+
+

राष्ट्रसंघले गर्‍याे लिबिया आक्रमणको निन्दा, निस्पक्ष छानबिनको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १३:३६

१९ असार, काठमाडाैं । संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनले लिवियाको राजधानी त्रिपोलीको पू्र्वमा रहेको ताजऔरा हिरासत केन्द्रमा एक नेपालीसहित सयौँ मानिसको मृत्यु हुने गरी मंगलबार राति भएको आक्रमणको भत्सर्ना गरेको छ ।

ताजौरामा महिला र बालबालिकाहरू सहित करिब ६०० आप्रवासी र शरणार्थीहरू थिए, संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनले भनेका छन । आक्रणमा सयौँ जनाको मृत्यु भयो र दर्जनौँ घाइते भए, उनीहरूले भनेका छन् ।

‘संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनले भन्दै आएको छ कि भूमध्य सागरमा पक्राउ परेका (युरोप जान लागेका) आप्रवासी तथा शरणार्थीहरूलाई लिविया फिर्ता गरिनु हुँदैन किन भने उनीहरूलाई त्यहाँ खतरा छ,’ दुई संस्थाले जारी गरेको वक्तव्यमा भनिएको छ । ‘हाम्रा दुई संस्था गैर सैनिकहरू माथिको आक्रमणको भत्सर्ना गर्दछौँ । हामी आप्रवासी र शरणार्थीहरूलाई हिरासत मुक्त गर्न पनि आग्रह गर्दछौँ । हामी उनीहरूको लिवियामा सुरक्षाको माग पनि गर्दछौँ ।’

दुवै संस्थाले मंगलवार भएको आक्रमणको स्वतन्त्र छानबिन हुनु पर्ने माग गरेका छन् । उनीहरूले लिवियाको युद्धमा संलग्न सबैलाई गैरसैनिक मानिसहरू माथि हमला नगर्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?