Comments Add Comment

भरतपुरको भतेरीमा ५० करोड लागानीको रिभरबैंक रिर्सोट बन्दैं

१९, असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडानम्बर २९ भतेरीमा ५० करोडको लगानीमा रिभरबैंक फनपार्क एण्ड रिर्सोट खुल्ने भएको छ ।

जिल्लाका ४५ जना विभिन्न क्षेत्रका व्यवसायी मिलेर रिर्सोट तथा फनपार्क खोल्ने भएका हुन् । रिर्सोट एवम् फनपार्कको निर्माण समितिका संयोजक कल्याण जोशीले एक कार्यक्रमका बीच शिलान्यास गरे ।

डेढभित्र भित्रैं निर्माण पूरा गरी रिर्सोट एवम् फनपार्क सञ्चालनमा ल्याइने निर्माण संस्थाका सचिव ऋषिराम न्यौपानले जानकारी दिए ।

करिब ६ विगाहा क्षेत्रफलमा फैलिने रिर्सोट एवम् फनपार्कमा १४ वटा भिल्ला, ३६ वटा कोठा भवन गरी २० वटा रुम बन्ने निर्माण समितिका संयोजक कल्याण जोशीले जानकारी दिए ।

रिर्सोटमा ५ सय जना क्षमताको ब्याङक्वेट हल पनि रहने छ । नारायणगढ मुग्लिन सडकखण्ड नजिक भतेरी जंगल तल त्रिशुली नदी किनारमा रहने रिर्सोट तथा फनपार्कमा रोलर कोष्टर रेल, जीप ड्राइभर, लेजी रिभर, वेभ पुलसमेत रहने छ ।

‘वाटर वेस सम्बन्धी गतिविधि चितवनमा नौ महिनासम्म चल्छ,’ निर्माण समितिका संयोजक जोशीले भने, ‘हामीले चितवन आउने पर्यटक र चितवनका स्थानीयलाई वाटर सम्बन्धी गतिबिधिमा संलग्न गराउने उद्धेश्यले लगानी गरेका हौं ।’

नारायणगढ मुग्लिन सडकखण्डको हाइवेबाट आउन र जान सजिलो हुने भएकोले पर्यटकहरु आर्कषित हुने दावी निर्माण समितिका सचिव ऋषि न्यौपानले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment