Comments Add Comment

कमल पोखरीको पुनर्निर्माण सुरु

१९ असार, काठमाडौं । काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम पनि सुरु गरिएको छ । बिहीबार कमलपोखरीमा एक कार्यक्रममा बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर शाक्यले सो पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गरे । उनले सो पोखरी पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई पनि सचेत गराए । त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने मेयर शाक्यको प्रतिवद्धता छ ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले सो पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गरे ।

उनले निर्माण कम्पनीलाई पनि समयमै सो पोखरीको पुनर्निर्माण नगरे कारवाही गर्ने चेतावनी पनि दिए । पोखरी निर्माणका लागि निर्माण कम्पनीलाई सबैले सहयोग गर्ने पनि नेता थापाले बताए ।

काठमाडौं महानगरपालिका र स्थानीयको सहकार्यमा निर्माण गर्न लागिएको सो पोखरी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment