Comments Add Comment

भदौ ६ मा सर्यो ‘हजार जुनी सम्म’, नम्रता र स्वस्तिमाको बक्स अफिस भिडन्त

साउन ३० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘हजार जुनी सम्म’ अब एक साता पछि सरेको छ । निर्माणपक्षले जे कारण देखाएपनि साउन ३० मा रिलिज हुन लागेको बलिउड चलचित्र ‘साहो’को प्रभावका कारण ‘हजार जुनी सम्म’लाई एक साता पछि सारिएको हो ।

विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र भदौ ६ मा सरेसँगै अब बक्स अफिसमा चलचित्र ‘जाइरा’सँग भिडन्त हुने भएको छ । ‘जाइरा’को यूनिटले लामो समयदेखि भदौ ६ लाई प्रदर्शन मिति तय गरेर प्रचारलाई तिव्रता दिइरहेको छ ।

चलचित्रमा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही लगायतको मुख्य भूमिका छ । ‘हजार जुनी सम्म’मा लभस्टोरी चलचित्र हो भने ‘जाइरा’ लभ स्टोरी र मार्सल आर्टको कथामा तयार भएको छ । नेपालमा बलिउड चलचित्रको प्रभाव ठूलो छ । ठूला बलिउड चलचित्र नेपालमा रिलिज हुँदा नेपाली चलचित्र पछि सर्ने गरेका छन् । ‘हजार जुनी सम्म’को निर्माण टिमलाई पनि यही मनोविज्ञानले प्रभाव पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment