+
+

नेकपाले २५ वर्ष सरकार चलाउँछ : नेता पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते ११:५५

२० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी गरेका छन् ।

समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराउने कार्यक्रममा पौडेलले पटक पटक २५ वर्ष सरकार चलाउने दाबी गरे । कतिपयले नेकपाको सरकार ५ वर्षपछि टिक्दैन भनेको स्मरण गर्दै नेता पौडेलले भने, ‘५ वर्षका लागि त जनताले मत दिइसके । अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?