
Photo Credit : अनलाइनखबर फाइल
२० असार, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना भएकी छन् । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।
सीसीयूमा भर्ना भएकी उनलाई एनजीओ ग्रामलगायतको परीक्षा गर्ने तयारी भइरहेको छ । ‘त्यसपछि हृदयघात भएको हो कि होइन ? हो भने कुन स्टेजको हो भन्ने थाहा हुन्छ’, अस्पतालका सञ्चारविज्ञ आरपी मैनालीले बताए ।
उनका अनुसार छाती गह्रुँगो भएको र स्वास प्रश्वासमा समस्या भएपछि अस्पताल आएको उपमेयर खड्कीले बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4