Comments Add Comment

मड्रिड गोलकिपर कोर्टुवालाई दोस्रो अवसर

काठमाडौं । रियल मड्रिडमा पहिलो वर्ष थिबट कोर्टुवाको लागि सुखद भएन । चेल्सी छाडेर मडि्रड आएका उनी सिजनभर नै छायामा रहे । कतिपय समय त पहिलो स्थानकै खोजिमा उनको समय बित्यो ।

यसैले नयाँ सिजन कोर्टुवाका लागि रियल मड्रिडमा आफूलाई प्रमाणित गर्ने दोस्रो अवसर आएको छ । २०१९/२० को सिजनका लागि उनलाई पुराना दिन फर्काउने अवसर रहने छ । जिनेदिने जिदानको योजनाका प्रमुख खेलाडी बन्नुपर्ने चुनौती छ ।

बेल्जियमबाट विश्वकपमा उत्कृष्ट खेल देखाएका कोर्टुवाको लागि मडि्रडको जीवन सोचे अनुरुप रहेन । क्बलमा तीन प्रशिक्षकको परिवर्तन र उपाधिविहीन यात्राले उनको क्षमता माथि नै प्रश्न उठ्यो ।

यसपटक नयाँ सिजन अघिको अभ्यासदेखि नै कोर्टुवाले आफ्नो स्थानका लागि संघर्ष नगरी योजनाबद्ध खेल देखाउनुपर्ने हुन्छ । गएको सिजनमा केलर नाभाससँग भएको जस्तै प्रतिस्पर्धा दोहोरिने हो भने उनको लागि चेल्सी छाड्नु दुःखद सावित हुने छ ।

२००९ देखि ११ सम्म बेल्जियन क्लब जेन्कमा रहेका कोर्टुवा २०११ मा चेल्सी गएका थिए । त्यहाँबाट लोनमा तीन वर्ष एथ्लेटिको मड्रिडमा गएका उनी पछिल्ला वर्ष चेल्सी टिमका मुख्य खेलाडी थिए ।

कोर्टुवासँगै केलर नाभास, एन्ड्री लुनिन र लुका जिदान जस्ता गोलकिपरबीच सन्तुलन मिलाउन मड्रिडमा सहज पनि छैन ।

नाभासलाई अरु कुनै क्लबमा बेच्ने योजना मड्रिडमा रहे पनि उनलाई मिल्दो अवसर आइसकेको देखिँदैन । पेरिस सेन्ट जर्मेनले उनलाई लैजाने खबर आइरहे पनि ला लिगा प्रिसिजन आउनै लाग्दा समेत सम्झौताका लागि धेरै काम भएको देखिँदैन ।

यदि नाभास मड्रिडमा नै रहेमा लुका र लुनिन मध्ये एक जनाले भने मडि्रड छाड्नै पर्ने देखिन्छ । यो सबैका बीच मुख्य रोजाइँमा कोर्टुवा नै रहे पनि खेल सुरु भएपछिको अवस्थामा पनि यही क्रम टिकाइराख्न उनलाई सहज भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment