Comments Add Comment

मिडिया काउन्सिल विधेयक पत्रकारको हित ल्याउने जिम्मा मेरो भयो : नेम्वाङ

२० असार, काठमाडौं । सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मिडिया काउन्लिस सम्बन्धी विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउने भन्दै आन्दोलन फिर्ता लिन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । शुक्रबार पत्रकार महासंघका पदाधिकारीसँगको भेटमा उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक पत्रकारको हितमा ल्याउने विश्वास दिलाए ।

‘विधेयक संशोधन गरेर पत्रकारको हित अनुकुल हुने गरी बनाउने जिम्मा मेरो भयो । त्यस कारकाण आन्दोलन फिर्ता लिनुहोस्’ उनले भने ‘विधेयकको विरोधमा जुन आन्दोलन भइरहेको छ, केही बुझाइमा पनि फरक छ । दुबै पक्ष बसेर हल गरौं ।’

अहिले मिडिया काउन्सिलसम्बन्धी विधेयक ‘होल्ड’ मा रहेको भन्दै नेम्वाङले सरोकारवालासँगको छलफलपछि पार्टीकै आधिकारिक व्यक्तिले संशोधन दर्ता गर्ने बताए । ‘यो विधेयक कसरी अगाडि लैजाने भन्ने विषयमा हेर्न पार्टीले मलाई नै जिम्मेवारी दिएको छ’ उनले भने ‘अब के कसरी संशोधन गर्न सकिन्छ संशोधनका बुँदाहरु तयार पारौं र पार्टीको आधिकारिक व्यक्रिबाट संशोधन दर्ता गरौं ।’

मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा छ । महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत असार २५ गते देशभरी लालटिन जुलुस निकालेको थियो ।

बिहीबार नेकपा संसदीय दलको कार्यालयमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्टसहितका पदाधिकारीको टोलीले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment