+
+
Shares

सहकारी क्षेत्रको कर समान गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २१ गते ११:४८

२१ असार, बागलुङ । बागलुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा लगाइने आयकर सबै खालका सहकारीहरुमा समान बनाउन माग गरेका छन् । ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शनिबार आयोजना गरेको करसम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

करदाता सेवा कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले वित्तीय कारोबार गर्ने सहकारी भनेको बचत तथा ऋण सहकारी मात्रै भएकाले बहुउद्देश्यीय सहकारीहरुलाई २० प्रतिशत नै कर निर्धारण गर्नुपर्ने भनाइ राखे ।

सहकारीसम्बन्धी करको व्यवस्थामा वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिकामा ५ प्रतिशत तथा उपमहानगरपालिका र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले विषयगत सहकारीहरुले आफ्नो विषयको मुख्य कारोबार अनिवार्य गर्नुपर्ने र आयकरको सम्बन्धमा सबै सहकारीहरुलाई समान खालको व्यवस्था हुनु पर्नेमा जोड दिए ।

नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारी अभियानलाई सबै सहकारीमा समान भनिए पनि कानुनी रुपमा समान नदेखिएको भन्दै समान कर कायम गर्नु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?