
Photo Credit : फाइल फोटो
२१ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण स्थगितबारे आधिकारिक धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी भएको बताएका छन् । उनले भनेका छन्, ‘निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदैछ ?’
कांग्रेसले नागरिक जीवन माथि खेलवाड नगर्न र विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा कडा परीक्षण र नियन्त्रण गर्न सरकारलाई सचेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4