Comments Add Comment

सरकारलाई राष्ट्रियसभा सदस्यको प्रश्न – राष्ट्रवाद कुन दुलोभित्र छ ?

'विषादी परीक्षणको निर्णय फिर्ताप्रति आक्रोश'

२२ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने बताइन् ।
कांग्रेसकातर्फबाट निर्वाचित उनले आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन् ।

‘यो कस्तो गाइजात्रा हो सभाअध्यक्ष ज्यू ? आफै निर्णय गर्ने अनि आफै फेरि कार्यान्वयन नगर्ने ? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्‍याकलुरुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने ?’ उनले प्रश्न गरिन्, ‘यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ?’

उनले विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाइका साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

असार २ गते राजपत्रमा प्रकाशित गरी आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्बत्र बिरोध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment