+
+

जब वर्षालाई खोज्दै सोल्टी पुगिन् पूजा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २२ गते १३:०१

नेपाली चलचित्र क्षेत्रमा नायिकाहरुको मित्रता निकै नै कम देखिन्छ । कलाकारहरु बाहिर जती आत्मियता देखाउँछन्, भित्री रुपमा त्यस्तो हुँदैनन् । तर, नेपाली चलचित्र क्षेत्रका दुई नायिका पूजा शर्मा र वर्षा राउतमा देखिएको मित्रता भने गज्जबको छ ।

शनिबार बेलुकी नायिका वर्षा राउत अभिनित चलचित्र ‘जात्रै जात्रा’को सफलता पार्टीमा नायिका पूजा शर्मा पुगेकी थिइन् । पूजा वर्षाकै निमन्त्रणामा पार्टीमा पुगेकी हुन् । पार्टीमा पुगेकी पूजा हलमा प्रवेश गर्ने वित्तिकै वर्षाको खोजीमा लागिन् ।

कार्यक्रम अवधीभर वर्षा र पूजा एकसाथ बसेका थिए । पूजा र वर्षाले अहिलेसम्म चलचित्र खेलेका छैनन् । तर, उनीहरुको मित्रता भने पछिल्लो समयमा बलियो बनिरहेको छ । नायिका पूजा शर्माले अभिनय गरेको २ चलचित्र ‘सम्हालिन्छ कहिले मन र पोई पर्यो काले’ यो बर्ष रिलिज हुँदैछ । यस्तै, वर्षाले अभिनय गरेको ‘जात्रै जात्रा’ सफल भयो भने उनले नयाँ चलचित्रमा संझौता गरेकी छैनन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?