Comments Add Comment

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा ‘फाटेको जुत्ता’

दुई वर्षअघि प्रदर्शन भएको सौगात मल्ल र प्रियंका कार्की अभिनित चलचित्र ‘फाटेको जुत्ता’ले हलमा खासै दर्शक पाएन । समीक्षात्मक रुपमा पनि चलचित्रले प्रशंसा पाएन । हालै युट्युबमार्फत सार्वजनिक भएको यस चलचित्रले युट्युबमा भने राम्रो दर्शक पाइरहेको छ ।

गत शुक्रबार युट्युबमा सार्वजनिक भएको यस चलचित्र चार दिनमा २२ लाख भन्दा बढी पटक हेरिएको छ । अहिले यस चलचित्र नेपालमा युट्युब ट्रेण्डिङको पहिलो स्थानमा छ । चलचित्रलाई २८ हजार बढीले लाइक गरेका छन् भने डिसलाइक गर्नेको संख्या ३ हजार पाँच सय भन्दा बढी छ । २ हजार ३ सय बढि दर्शकले चलचित्रमा कमेन्ट गरेका छन् । प्रतिक्रिया मिश्रित खालका छन् ।

‘अर्जुन कुमार फिल्मस्’को व्यानरमा बनेको यस चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र प्रियंकासँगै रवीन्द्र झा, कामेश्वर चौरासिया, अनोज पाण्डेलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा दयाहाङ राई र वर्षा राउतको पनि अभिनय छ ।

अर्जुन कुमारको लगानी रहेको चलचित्रमा निरज कँडेलको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ । चलचित्रमा प्रवेश मल्लिक र शंकर थापाको संगीत रहेको छ भने कविराज गहतराज र राजिव समर नृत्य निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment