Comments Add Comment

विश्वकप २०१९ मा किन फाप्यो पहिले ब्याटिङ ?

२३ असार, काठमाडौं । जारी विश्वकप क्रिकेटमा केही खेललाई छाडेर जसले पहिले ब्याटिङ गर्‍यो त्यही टीमले खेल जितेको देखियो । ब्याटिङतर्फ केही कीर्तिमान पनि बने ।

लिग चरणका ४५ वटा खेलमध्ये चार खेल वर्षाको कारण रद्द भयो भने ४१ खेल मात्रै भए । जसमा सुरुमा ब्याटिङ गर्ने टिमले २७ खेलमा जित हात पारेका छन् भने १४ खेलमा मात्रै लक्ष्य पछ्याएका टिमले जितेका छन् ।

यसअघिका विश्वकपहरुमा सुरुमा बलिङ वा ब्याटिङ गर्ने दुबै टिमले जित हासिल गरेको तथ्यांक बराबरीजस्तै थियो ।

विश्वकपको सुरुवाती २१ खेल सकिदासम्म ब्याटिङ सुरु गर्ने टिमले ११ खेलमा जित हात परेका थिए भने १० खेलमा लक्ष्य पछ्याउने टिमले जितेको थियो । तर अन्तिम २० खेलमा भने अचम्मैको नतिजा देखा पर्‍यो ।

२० खेलमध्ये १६ खेलमा ब्याटिङ सुरु गर्ने टिमले विश्वकप क्रिकेटमा जित हात पारे भने चार खेल मात्रै लक्ष्य पछ्याउने टिमले जिते ।

सन् २००७ को विश्वकप क्रिकेटमा २५ खेल पहिले ब्याटिङ गर्ने टिमले जित्दा २५ नै खेल लक्ष्य पछ्याउने टिमले जितेको थियो । सन् २०११ को विश्वकप क्रिकेटमा पनि २४ खेल पहिले ब्याटिङ गर्ने टिमले जित्दा २३ खेल लक्ष्य पछ्याउने अर्थात पछि ब्याटिङ गर्ने टिमले जितेको थियो ।

२०१५ को विश्वकप क्रिकेटमा २४ खेल पहिले ब्याटिङ गर्ने टिमले जित्दा २४ नै खेल पछि ब्याटिङ गर्ने टिमले जितेका थिए ।
यो पटकको विश्वकपमा भने केही फरक भइरहेको छ । अझै जारी विश्वकपको तीन वटा खेल हुन बाँकी छ । ती खेलमा के हुने हो हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment