Comments Add Comment

नीताको फिल्मको नाम जुर्यो ‘मम हन्टिङ’

काठमाडौं । नीता ढुंगानाले चलचित्र निर्माण गर्ने घोषणा गरेको लामो समय बितिसकेको छ । ३ वर्ष पहिले आफ्नो जन्मदिनको अवसर पारेर उनले चलचित्र निर्माण गर्ने घोषणा गरेकी थिइन् । उक्त चलचित्र नीता ढुंगानाको आफ्नै व्यानरबाट निर्माण हुने बताइएको थियो ।

तर, निर्माण घोषणा भएको लामो समय बितिसक्दा पनि चलचित्रको नाम नीताले सार्वजनिक गरेकी थिइनन् । अब भने चलचित्रको नाम सार्वजनिक भएको छ । नीताले आफ्नो चलचित्रको नाम ‘मम हन्टिङ’ राखेकी छिन् । चलचित्रको विषयवस्तुसँग मेल खाने भएकाले चलचित्रको नाम मम हन्टिङ राखिएको नीताले बताइन् । उनले भनिन्, ‘अहिलेलाई मम हन्टिङ नाम जुरेको छ । पछि परिवर्तन हुन पनि सक्छ ।’

चलचित्रको स्कृप्ट तयार भइसकेको छ । कोशिस क्षेत्रीले चलचित्रको स्कृप्ट लेखिसकेका छन् । निर्देशन गर्नका लागि समुन्द्र भट्ट पनि तयार भइसकेका छन् ।

चलचित्रका लागि केही कलाकारहरुसँग कुरा भइरहेको नीताले बताइन् । उनले भनिन्, ‘हामीले कलाकारहरुसँग कुरा गरिरहेका छौँ । तर, लिखित रुपमा कोहीसँग पनि सम्झौता भएको छैन । अब कलाकारको विषयमा औपचारिक घोषणा गरेर नै जानकारी दिनेछौँ ।’

निर्देशक, स्कृप्ट र कलाकार तयार छन् । तर पनि नीताले चलचित्रको छायांकन सुरु गर्न सकेकी छैनन् । यसको कारण भनेको उनले लगानीकर्ता पाइरहेकी छैनन् । केही समय अगाडि अनलाइनखबरसँग भएको कुराकानीमा पनि नीताले यस कुरा बोलेकी थिइन् । लगानीकर्ता भेट्नेबित्तिकै नीताले आफ्नो चलचित्रको छायांकन सुरु गर्ने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment