Comments Add Comment

गैंडाकोटको अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय पदक

२४ असार, चितवन । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टलाई अन्तर्राष्ट्रिय पदक मिलेको छ ।

शैक्षिक गुणस्तर र अनुसन्धानमा पुर्‍याएको योगदानको कदर गर्दै ‘क्वालिटी च्वाईस प्राईज २०१९’ को पदक प्रदान गरिएको कलेजका संस्थापक प्रिन्सिपल हरि भण्डारीले जानकारी दिए ।

यो पदक स्वीजरल्याण्डमा रहेको यूरोपियन सोसाइटी फर क्वालिटी रिसर्च नामक संस्थाले बर्लिनमा प्रदान गरेको हो । यो संस्थाले विश्वभरीका निजी सामुदायिक तथा पूर्ण सरकारी संघसंस्थाहरुलाई उनीहरुले पुर्‍याएको योगदानको आधारमा प्रदान गर्ने गर्दछ ।

अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टका संस्थापक प्रिन्सिपल हरि भण्डारीले अवार्ड समारोहमा विश्वको सर्वोच्च शिखर र भगवान गौतमवुद्ध जन्मिएको देशलाई सम्झिएर पदक दिलाएकोमा आभार व्यक्त गरेका थिए ।

पदक वितरण समारोहमा विश्वका ८५ देशका प्रतिनिधिहरु सहभागी थिए । यो पदक प्राप्त गर्नका लागि लगातार १० वर्षभन्दा बढी सम्बन्धित क्षेत्रमा योगदान गरेको हुनुपर्ने व्यवस्था छ । यसअघि अक्सफोर्ड कलेजले नै पहिलोपटक इन्टरनेशनल स्टार फर लिडरशीप क्वालिटी अवार्ड २०१८ प्राप्त गरेको थियो ।

संघसस्था छनौट गर्दा यसले आफ्नो छनौट समिति बनाई विश्वभरीबाट विभिन्न माध्यमबाट सूचना संकलन गरी त्यसलाई विश्लेषण गरेर मात्र पदक प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment