+
+

प्रदेश २ सरकारले आफ्नै बैंक संचालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १३:११

२४ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आफनै स्वामित्वको बैंक स्थापना गर्ने भएको छ । ‘प्रदेश विकास बैंक’ नामक बैंक स्थापना गर्नका निम्ति सरकारले गृहकार्य थालेको हो ।

गृहकार्यका निम्ति प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुर स्थित संघीय कोलेनिकाका प्रमुख डा. वीरेन्द्र मिश्र, राष्ट्र बैंक जनकपुरका प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृतलाई कार्यदलको सदस्यमा राखिएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत संजय सरदारलाई सदस्य सचिवको जिम्मेबारी दिइएको छ ।

कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन ।

प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको मन्त्री विजयकुमार यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?