Comments Add Comment

मनसुन फेसनः लाइट होइन ब्राइट कलर

फेसन पारखीहरुका लागि जाडो होस् अथवा गर्मी, घाम होस् अथवा पानी । हरेक मौसममा उनीहरु आफूलाई फेसनेवल राख्न तयार हुन्छन् । अहिले गर्मी संग-संगै मनसुनको मौसम छ । हरेक दिनजसो पानी परिरहेको छ । पानी नपरेको बेला चर्को घाम लागेर हामीलाई गर्मीको अनुभव समेत गराइरहेको छ । यो मौसममा कस्तो फेसन गर्ने त ? युवापुस्ताबीच कस्तो फेसन ट्रेण्ड चलिरहेको छ त ?

यसपटकको गर्मी मौसममा लाइट रंग भन्दा पनि ब्राइट कलर (गाढा रंग) का पहिरनहरु फेसनमा छन् । गर्मीमा हल्काफूल्का रंगभन्दा गाढा रंगका पहिरन लगाउँदा तपाईं भिडभाडमा समेत अलग देखिन सक्नु हुन्छ ।

यो वर्षको गर्मी मौसममा गाढा रंगका पहिरनहरुकै टे्रण्ड चलेको छ । तपाईं पनि अफिस जाँदा होस् अथवा पार्टी जाँदा अथवा परिवारसंगै राती डिनरकै लागि जाँदा समेत यो मौसममा ब्राइट कलरका पहिरन लगाउनु भयो भने तपाईं सबैको नजरमा पर्न सक्नु हुनेछ ।

चर्को गर्मीमा जसरी उज्यालो कलरका पहिरनले सबैलाई आकषिर्त गरिरहेका छन्, ती रंगमा पनि गाढा रातो, गाढा पहेंलो तथा रोयल ब्लू रंगलाई सबैले आफ्नो रोजाइ बनाइरहेको पाइएको छ ।

त्यसो त नीलो रंग सबैलाई मनपर्छ । बजारमा नीलो रंगमा आधारित धेरै प्रकारका पहिरनहरु पाइन्छन् । यद्यपि, फेसन पारखीहरुलाई भने रोयल ब्लू रंगले नै आकषिर्त गरिरहेको पाइएको छ । रमाइलो कुरा के छ भने रोयल ब्लू रंगका पहिरन लगाउँदा अन्य कुनै पनि रंगका पहिरन लगाइरहनु पर्दैन । बजारमा अहिले फूल वन कलर सूट, कुर्ता तथा रोयल ब्लू साडी पनि फेसनमा छन् । आफ्नो रोजाइका पहिरन लगाएर तपाईं फेसनेवल देखिन सक्नु हुनेछ ।

रोयल ब्लू

यदि तपाईं आफ्नो आउटफिटलाई बेग्लै स्वरुप प्रदान गर्न चाहानु हुन्छ भने त्यसमा थोरै प्रयोग (एक्सपेरिमेन्ट) गर्न सक्नु हुनेछ । सबैभन्दा पहिला यदि तपाईं रोयल ब्लू साडी लगाउँदै हुनुहुन्छ भने ब्लाउज पनि त्यही रंगको प्रयोग गर्नु पर्छ । तर, ध्यान दिनु पर्ने कुरा के छ भने उक्त ब्लाउजमा सेल्फ डिजाइन अथवा उस्तै रंगको इम्ब्रँेइडरी गरेर ब्लाउजलाई नयाँ स्वरुप प्रदान गर्न सक्नु हुनेछ ।

नीलो रंगको सलवार-सूटमा पनि त्यही रंगको सिक्वेन्स वर्क गराउन सक्नु हुनेछ । त्यसो गरेपछि तपाईंले उक्त सलवार-सूट कुनै पनि नाइट पार्टी अथवा विवाहका समारोहहरुमा लगाउन सक्नु हुन्छ । रोयल ब्लूसंग अहिलेको मौसममा सिल्भर प्रिन्टको पनि ट्रेण्ड छ ।

यसले रोयल ब्लूलाई अझ बढि आकर्षक देखाउँछ । कुनै सामान्य रोयल ब्लू पहिरनलाई पार्टी वेयर बनाउनका लागि त्यसमाथि सिल्भर एम्ब्रोइडरी गर्नु उचित हुन्छ ।

गाढा पहेंलो रंग

सदाबहार पहेंलो रंगलाई त गर्मी कै रंग मानिन्छ । मनसुनको सिजनमा पहेंलो रंगका पहिरनमा जो कोहि ग्ल्यामरस देखिन्छ । वसन्ती पहेंलो रंग यतिबेला फेसन उद्योगको टप लिस्टमा छ । त्यसो त पहेंलोसंगै फ्लोरल पि्रन्टले पनि यो पटकको गर्मीमा तपाईंलाई ताजा देखाउन सहयोग पुर्‍याउँछ ।

पार्टी तथा कुनै खास समारोहका लागि पहेंलो रंगमा गरिएको जरी वर्कले पहिरनलाई अझ बढि आकर्षक देखाउँछ । यसबाहेक कागती जस्तो पहेंलो रंगले पनि फेसन पारखीहरुको मन जितिरहेको छ । लेमन यलो रंगका पहिरनले तपाईंलाई कुल देखाउन सहयोग पुर्‍याउँछ ।

यसका साथै सेतो रंगसंग पनि यसलाई कन्ट्रास्ट गरेर लगाउन सकिन्छ । यदि तपाईं दुब्ली-पातली हुनुहुन्छ भने पहेंलो रंगका पहिरन लगाएर फेसनेवल देखिन सक्नु हुनेछ ।

गाढा रातो रंग

गर्मीको यो मौसममा लागि उपयुक्त हुने अर्को एउटा रंग छ-रातो । खुशी र उत्साहले भरिएको यो रंग मुख्यतयाः जाडो मौसमका लागि अनूकुल मानिन्छन् । तर यसपटक फेसनको नियम नै परिवर्तन भएको जस्तो देखिएको छ । किनभने यसपटक हट रेड पहिरनहरु बजारमा यत्रपत्र पाइन थालेका छन् । रातो सारी, रातै स्कर्ट, रातो वन पिस पहिरनले अझै केही महिना मानिसहरुलाई आकषिर्त गरिरहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment