+
+
Shares

छविविरुद्ध शिल्पाको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते १२:००

नायिका शिल्पा पोखरेलले आफ्ना श्रीमान् छविराज ओझाविरुद्ध उजुरी दर्ता गराएकी छिन् । उनले आइतबार श्रीमान्बाट आफू असुरक्षित भउको भन्दै छवि विरुद्ध काठमाण्डौ परिसर टेकुमा उजुरी दिएकी हुन् । प्रहरीले उनीहरुलाई आज छलफलका लागि बोलाएको छ । छविले आफूमाथि घरेलु हिंसा गरेको भन्दै शिल्पाले उजुरी दिएको वुझिएको छ ।

छविले शिल्पालाई केही समयदेखि कुटपिट गरिरहेका थिए । छविले कुटपिट गरेपछि शिल्पा आफन्तको घरमा गएर बस्न थालेकी थिइन् । शिल्पा र छवि केही बर्षदेखि एकसाथ बस्दै आएका थिए । उनीहरुले बिहे गरेको पनि केही बर्ष भयो । केही महिना अघि मात्र छविले शिल्पासँग बिहे गरेको स्विकार गरेका थिए ।

तर, शिल्पा र छविको सम्बन्ध पछिल्लो केही समयदेखि विग्रिएको थियो । शिल्पामाथि छविले कामदेखि अन्य कुरामा समेत हस्तक्षेप गरेको वुझिएको छ । शिल्पा र छविको सम्बन्धमा दरार आएको चर्चा चलचित्र बजारमा चलेको लामै समय भयो । निर्माता छविराज ओझाले शिल्पालाई आफू निर्मित चलचित्र ‘लज्जा’बाट यो क्षेत्रमा भित्राएका थिए । यही चलचित्रको प्रचारका क्रममा शिल्पा आफूलाई मनपर्ने छविले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?