Comments Add Comment

यसरी बनाउनुहोस् भान्सालाई पोषिलो

गेडागुडी कसरी, कति खाने ?

जनै पूणिर्मा र रक्षा बन्धन जस्ता दुई ठूला पर्व नजिकिदैछन्  । यी दुबै पर्व एकै दिन मनाइन्छ । यी दुबै पर्वको एउटा सामुहिक विशेषता छ, उक्त दिन हामी क्वाँटीलाई खान्छौं । त्यसै पनि यो बर्खाको बेला झोलयुक्त खानेकुरा खाइन्छ, क्वाँटी भन्ने बित्तिकै हामी गेडागेडीको झोल नै सम्झन्छौं । यद्यपि, क्वाटी अर्थात गेडागुडीको झोल खानलाई कुनै चाडपर्व नै पर्खनु पर्छ भन्ने छैन ।

रेशादार खाद्य पदार्थको रुपमा समेत चिनिने गेडागुडी हामी हरेक मौसम र अवसरमा खान सक्छौं । यहाँ हामी गेडागुडी अर्थात रेशादार खानेकुरा वयष्कहरुलाई मात्र नभइ, बालबालिकाहरुलाई पनि कत्तिको महत्वपूर्ण छ भन्ने कुरामा चर्चा गर्दैछौं ।

चिकित्सकहरूका अनुसार स-साना बालबालिकाहरुलाई पनि ठूला मान्छेहरु झैं रेशायुक्त खाना उत्तिकै आवश्यक पर्छ । त्यस्ता खानेकुराले उनीहरुलाई फाइदा पुर्‍याउँछ । बाल रोग विशेषज्ञहरुका अनुसार कुनै पनि शिशु एक वर्षको हुने बित्तिकैदेखि रेशादार खानेकुरा खान दिन सकिन्छ । जसरी बालबालिकाहरुको तौल, उचाइ र उमेर बढेसँगै उनीहरुलाई धेरै क्यालोरीको आवश्यकता पर्दछ, त्यसैगरी उनीहरुलाई उचितमात्रामा रेशादार खानेकुरा प्रदान गर्नु आवश्यक हुन्छ ।

अझ बढ्दो उमेरका बालबालिकाहरुका लागि त यो खानेकुरा अनिवार्य नै छ भन्दा फरक पर्दैन । बालबालिकाहरुलाई सानै उमेरदेखि रेशादार खानेकुरा ख्वाउन थालियो भने उनीहरु कब्जियतको शिकार हुनबाट जोगिन्छन् ।

किन आवश्यक छ रेशादार खाना

धेरैजसो बालबालिकाहरु रेशादार खानेकुरा मन पराउँदैनन् । गेडागुडीको तरकारी पकाएको दिन उनीहरु भान्सामा पस्नै नपरे पनि हुन्थ्यो भन्ने सोच्दछन् । यसको ठिक विपरित, उनीहरुलाई यदि तपाईंले जंक फूड अथवा फास्टफुड अफर गर्नु भयो भने त्यसका लागि उनीहरु तुरुन्तै तयार हुन्छन् । दुःख लाग्दो कुरा के छ भने बालबालिकाको मोटोपन तथा कब्जियतको कारण नै जंक फूड हो भन्ने कुरा हामीले उनीहरुलाई बुझाउन सकिरहेका हुँदैन, जुन कुरा बुझाउन अति नै अनिवार्य छ ।

फाइदै फाइदा

रेशादार खानेकुराका फाइदाहरु प्रसस्त छन् । रेशादार खाना खाँदा हाम्रो पेट प्राकृतिक रुपले नै सफा हुन्छ । ठूला मान्छेलाई नै यसले कब्जियतबाट जोगाउँछ भने बालबालिकालाई त यो राम्रो डाइट नै हुन्छ । त्यसो त कब्जियतबाट बालबालिकाहरु पनि पीडित हुन्छन्, उनीहरुले रेशादार खानेकुरा खाए भने त्यो समस्याबाट छुटकारा पाउँछन् । त्यसैले बालबालिकाहरुको खानामा रेशादार खानेकुरालाई समावेश गर्नैपर्छ । यस्ता खानेकुराले उनीहरुको मोटोपनालाई नियन्त्रण गर्न समेत सहज हुन्छ ।

हामीले प्रत्येक दिन खाने खानामा रेशायुक्त खानेकुरा समावेश छैन भने त्यसले बढ्दो उमेरका बालबालिकाको शारीरिक विकासमा समेत नकारात्मक प्रभाव पार्न सक्छ । रेशादार खानेकुरामा क्यालोरी, भिटामिन, खनिज जस्ता तत्व नभए पनि यो बालबालिकादेखि वयष्कसम्मलाई उत्तिकै उपयोगी छ ।

रेशादार खानेकुराले हाम्रो पाचन प्रकृयालाई पनि स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । हाम्रो पेटमा हुने आन्द्रालाई प्राकृतिक रुपले नै काम गर्नलाई यो खानेकुराले सहयोग गरिरहेको हुन्छ । त्यसैले यो खानेुकुराको नियमित सेवनले आन्द्रासँग सम्बन्धित समस्या नै उत्पन्न हुँदैन ।

त्यति मात्र होइन, रेशादार खानाले हाम्रो शरीरको ब्लड सुगरको लेभललाई पनि स्थिर बनाइराख्छ । रगतमा हुने ग्लूकोजको मात्रालाई यसले नियन्त्रण गर्ने खुबी राख्दछ ।

रेशादार खानेकुराबाट शरीरले आवश्यक पोषण प्राप्त गर्दछ, जसबाट शरीरलाई इनर्जी पनि प्रँप्त हुन्छ । यो खानेकुराले कोलेस्ट्रोललाई समेत नियन्त्रण गर्दछ । जसका कारण हाम्रो मुटु सुरक्षित हुन्छ । मुटु सम्बन्धि रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

चिकित्सकहरुका अनुसार रेशादार खाना एक प्रकारको कार्बोहाइड्रेट हो, जुन रुख-बिरुवामा पाइन्छ । स्वास्थ सम्बन्धि अध्ययनहरुका अनुसार रेशादार खानाले मधुमेयलाई समेत कम गर्न सहयोग पुर्‍याउँछ । रेशादार खानाको नियमित सेवनले क्यान्सरबाट समेत जोगिन सकिने चिकित्सकहरुको भनाइ छ ।

कुन उमेरदेखि खाने ? कति खाने ?

रेशादार खानेकुराले शरीरलाई राम्रो गर्छ भन्दैमा एकै पटकमा धेरै मात्रामा खानु पनि हुँदैन । एकैपटक धेरै खाएमा अपच हुने निश्चित छ । अझ बालबालिकाहरुलाई त आवश्यकता भन्दा बढि रेशादार खानेकुरा दिनै हुँदैन ।

रेशादार खानामात्र खाइरहँदा शरीरलाई आवश्यक खनिज तत्वको अभाव हुनसक्छ । रेशायुक्त खानाको मात्र बढाइयो भने यसले नकारात्मक प्रभाव पार्न सक्छ । जस्तै पेटमा ग्यास बढ्ने, पेट फुल्ने, कब्जियत हुने जस्ता समस्या देखा पर्न सक्छ । त्यसैले रेशादार खाना खाँदा थोरै, बिस्तारै तथा मात्रा मिलाएर खानु उचित हुन्छ ।

बालबालिकाहरुलाई त धेरै मात्रामा रेशादार खाना दिन थालियो भने उनीहरुको भेट भरिएको अनुभव गर्छन् । जसबाट उनीहरुको शरीरमा अन्य पोषक तत्वहरु जानै पाउँदैन । बालबालिकाहरुलाई रेशायुक्त खानेकुराको साथमा पानी पनि प्रसस्त पिलाउनु पर्छ । यद्यपि, धेरै पानी पिइयो भने डाइरिया हुन सक्छ भने थोरै पानी पिइयो भने कब्जियत समेत हुनसक्छ । त्यसैले पानी पनि ठिक्क मात्रामा पिउनु पर्छ ।

के भन्छन् चिकित्सक ?

चिकित्सकहरूका अनुसार एकदेखि तीन वर्षसम्मका बालबालिकाहरुलाई खानामा १५ ग्राम तथा ४ देखि ८ वर्षसम्मका बालबालिकाहरुलाई २५ ग्राम रेशादार खाना दिनु आवश्यक हुन्छ । यसका साथै बालबालिकाहरुलाई सन्तुलित डाइट प्रदान गर्नुपर्छ । त्यस्तो डाइटमा चिल्लो पदार्थ, डेरी प्रोडक्ट, फलफूल, साग-सब्जी, मासु, दाल आदि पर्याप्त मात्रामा समावेश गर्नु पर्छ । यस्ता खाद्य पदार्थबाट शरीरले ग्यालोरी प्राप्त गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment