Comments Add Comment

प्रथम नायिकाको गुनासो–‘पलायन नहुन आफै फिल्म बनाएर खेल्नुपर्यो’

नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले निर्माण गरेको ‘साईनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र यसअघि जेठमा रिलिज हुने पक्का थियो । तर, विविध कारणले चलचित्र साउनसम्म सरेको हो । नायिका तथा चलचित्रकी निर्मात्री भूवन चन्दले चलचित्र बनाएर चलाउन निकै नै गाह्रो भएको गुनासो गरेकी छिन् । यस्तो गुनासो धेरै निर्माताबाट सुन्ने गरिन्छ ।

यस्तै, उनले आफ्नो कलाकारिता मर्न नदिनका लागि आफूले चलचित्र बनाएर अभिनय गरेको बताएकी छिन् । भूवनले भनिन्–‘अरुको चलचित्रमा हामी जस्ता कलाकारले काम नै पाउन छाड्यौ । काम नै पाएपनि उनीहरु सबैको आ–आफ्नो ग्रुप छ, यसबाट कोही पनि बाहिर आउँदैन ।’

भूवनले अगाडि भनिन्–‘आफ्नो कलाकारिता जोगाउन र पलायन हुनबाट जोगिन पनि आफै चलचित्र बनाएर सानोतिनो भूमिका गरेको हुँ ।’ भूवनले आफूलाई धेरैले चलचित्र किन बनाएको भनेर प्रश्न समेत गरेको बताइन् । नेपाली चलचित्र क्षेत्रमा अहिले गुट हाबी छ । यसलेगर्दा, गुट बाहिरका कलाकारले काम नै पाउन छाडेकी छिन् । नेपाली चलचित्रकी प्रथम नायिकाको यो गुनासो पक्कै पनि चलचित्र क्षेत्रका लागि सुखद कुरा भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment