Comments Add Comment

अष्ट्रेलियाले इंग्ल्यान्डलाई दियो २२४ रनको लक्ष्य

२६ असार, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई २२४ रनको लक्ष्य दिएको छ ।

वर्मिङहृयाममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले खराब प्रदर्शन गर्दै ४९ ओभरमा सबै विकेटको क्षतिमा २२३ रन बनाएपछि इंग्ल्यान्डले सामान्य चुनौती पाएको हो । अष्ट्रेलियाका लागि स्टेभन स्मिथले ८५ रन बनाए । उनले उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियालाई उकास्ने कोशिस गरेका थिए ।

त्यस्तै, एलेक्स क्यारीले ४६ रन बनाए । एलेक्स र स्मिथले १०३ रनको साझेदारी गर्दै टिमलाई उकास्ने प्रयास गरेका थिए । मिचेल स्टार्क २९ रनमा आउट हुदा ग्लेन म्याक्श्वेलले २२ रन बनाए ।

यसअघि १.१ ओभरमा चार रन हुदा कप्तान एरोन फिन्च शुन्य रनमा आउट भए । त्यस्तै, १० रन हुदा दोस्रो विकेटको रुपमा डेभिड वार्नर आउट भए । एकपछि अर्को विकेट गुमाएको अष्ट्रेलियाले १४ रन हुदा तेस्रो विकेटको रुपमा पिटर हृयान्ड्सकोम्ब आउट भएका थिए ।

बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिद र क्रिस वोक्सले समान ३-३ विकेट लिए । त्यस्तै, जोफ्रा आर्चरले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment