Comments Add Comment

सलमान जिरो, अक्षय हिरो

फोब्र्सले विश्वभरीबाट यो वर्ष अत्यधिक आम्दानी गर्ने सेलिब्रेटिहरुको सूची सार्वजनिक गरेको छ । त्यसमा भारतबाट अक्षय कुमार मात्र समावेश छन् । उक्त सूचीमा यसपटक सलखान खान अटाउन सकेनन् ।

२०१९ मा सबैभन्दा बढि आम्दानी गर्ने अक्षय कुमार बलिउडका अभिनेता हुन् । फोब्र्सको जारी सूचीबाट पनि अक्षय कुमार आम्दानी गर्ने प्रसंगमा नम्बर १ को स्थानमा छन् भन्ने कुरा प्रमाणित भएको छ । विगतमा यो लिस्टमा भारतका चार अभिनेता अमिताभ बच्चन, शाहरुख खान, सलमान खान तथा अक्षय कुमार समावेश भएका थिए । तर यो वर्ष अक्षय कुमार मात्र यो सूचीमा अँटाएका हुन् ।

वर्ष २०१८ को कुरा गर्ने हो भने बलिउडमा अक्षय कुमारले अन्य सबै स्टारहरुलाई पछि पारिदिएका छन् । अघिल्लो वर्ष अक्षय कुमारसँगै सलमान खान पनि यो सूचीमा समावेश थिए । यद्यपि, वर्ष २०१९ मा भने सलमान खान समावेश छैनन् ।

अक्षय कुमार विश्वभरीका सबैभन्दा बढि आम्दानी गर्ने सेलिब्रेटीहरुको सूचीको ३३ औं स्थानमा छन् । उनको एक वर्षको कुल आम्दानी ६५ मिलियन डलर -करीव ४ सय ४५ भारु) रहेको छ । योसँगै उनले आम्दानीको प्रसंगमा भारतीय सेलिब्रेटीहरुका साथै हलिउडका लोकपि्रय सेलिब्रेटीहरुलाई समेत पछाडि धकेलिएकिा छन्, जसमा रिहान्ना, ज्याकी च्यान, ब्रेडली कूपर, स्कारलेट जोहानसन आदि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment