Comments Add Comment

बिहानै कृषि प्रयोगशाला पुगे मन्त्री खनाल

२७ असार, काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले शुक्रबार कालिमाटी तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् ।

पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हटेपछि सरकार आलोचित भएको छ । यद्यपि, सरकारले पूर्वाधार नभएकाले तत्काल विषादी परीक्षण गर्न सम्भव नभएको बताएको छ ।

शुक्रबार प्रयोगशालामा पुगेका मन्त्री खनालले केन्द्रीय ल्याबमा १६९ र अन्यत्र दुई समूहका विषादी परीक्षण हुने बताए ।

उनकाअनुसार अर्गानोफस्फेट र कार्बामेट समूहको विषादी सबै प्रयोगशालामा परीक्षण हुन्छ, जसले तरकारीमा प्रयोग हुने विषादीको करिव ३३ प्रतिशत हिस्सा ओगट्छ । अरु परीक्षण गर्न भने केन्द्रीय प्रयोगशालामा नै आउनुपर्छ । साथै यहाँ पनि सबै समूहको विषादी परीक्षणको रिपोर्ट आउन दुई दिन भन्दा बढी समय लाग्छ । उनले अघि भने, ‘नेपाल आउने प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न सम्भव छैन ।’
यो पनि पढ्नुहोस भारतको पत्र मैले नै प्रधानमन्त्रीलाई देखाएँ : कृषिमन्त्री

विषादी परीक्षण गर्ने २ असारको निर्णयपछि पनि सरकारले प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न थालेको नभई फाइटो सर्टिफिकेट खोजेको बताए । ‘फाइटो सर्टिफिकेट भएका ट्रकहरु आइरहेका थिए, नभएकालाई ल्याउन भनेका थियौं’ मन्त्री खनालले भने ।

अरु देशले पनि प्रत्येक ट्रकबाट नमुना निकालेर परीक्षण नगर्ने तर, शंका लागेमा चेकजाँच गर्ने गरेको उनले सुनाए । उनले भने, ‘अहिले नेपालबाट कतारमा तरकारी जान्छ तर, दिनदिन चेक हुँदैन ।’

साथै उनले अहिले तरकारीमा विषादीको प्रयोग भयावय नभएको समेत दाबी गरे । पछिल्लो पटक गरिएका २००० नमुना परीक्षणमा दुई वटाले मात्र पहेँलो लाइन क्रस गरेको र त्यो तरकारीलाई तत्काल नष्ट गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment