+
+
Shares

कट्रिनाको विकिनी फोटोको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १४:५९

बलिउड नायिका कट्रिना कैफ आफूलाई ग्लामर लुक्समा प्रस्तुत गर्न कुनै कसर बाँकी राख्दिनन् । यस्तैमा कट्रिनाले हालै आफ्नो इन्स्टाग्राममा एक तस्वीर पोष्ट गरेकी छिन् । निलो विकिनी लगाएर मेक्सिकोको सिटीको समुन्द्री किनारमा खिचिएको तस्वीरमा उनी निकै हट देखिएकी छिन् ।

उनले सार्वजनिक गरेको यो तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । धेरैले उनको ग्लामरको प्रशंसा गर्दै तस्वीर शेयर गरिरहेका छन् । उनको तस्वीरमा १२ लाख भन्दा बढी लाइक मिलेको छ ।

केही महिना अघिबाट मात्र कट्रिनाले इन्स्टाग्राम चलाउन सुरु गरेकी हुन् । अहिले उनको इन्स्टामा २ करोड ४७ लाख बढि फलोअर्स छन् । कट्रिनाले सामाजिक संजाललाई अहिले सकारात्मक रुपमा प्रयोग गरिरहेकी छिन् ।

कट्रिना अभिनित चलचित्र ‘भारत’ बक्स अफिसमा हिट भयो । यसले कैफलाई झनै उर्जा मिलेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?