+
+

बाढीपहिरो पीडितको उद्धार र राहातमा जुट्न चेम्बरको अपील

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १९:०३

२९ असार, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरो पीडितको उद्धार तथा राहातमा जुट्न सबै व्यवसायीहरुलाई अपील गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै कमर्सले देश दुःखमा परेको बेला सबैले सकेको सहयोग गर्न आव्हान गरेको छ ।

विषम परिस्थितिमा खाद्य बस्तुलगायतका अतिआवश्यक बस्तुहरुको नियमित आपूर्ति व्यवस्था सहज बनाउन चेम्बरले उद्यामी, व्यवसायीलाई आग्रहसमेत गरेको छ ।

साथै राहत तथा उद्धारमा निजी क्षेत्रबाट हुने सहयोग जिल्ला विपत व्यवस्थापन समितिमार्फत समन्वय गरी वितरण गर्न पनि चेम्बरले भनेको छ ।

पहिरो, बाढी तथा डुबानमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?