Comments Add Comment

अर्पणलाई प्रश्न–‘भुत’ भन्ने वित्तिकै केटी पात्र नै किन ?’

अर्पण थापालाई दुई वटा परिचयबाट चिन्न सकिन्छ । उनी नायक र निर्देशक दुबै हुन् । उनले अभिनय गरेका चलचित्रको संख्या दर्जन भन्दा बढी छन् । उनको निर्देशनमा बनेका ३ चलचित्र रिलिज भइसकेका छन् भने चौथो चलचित्र ‘घर’ रिलिजको तयारीमा छ । यो चलचित्र आउँदो शुक्रबार अर्थात साउन ३ गतेबाट रिलिज हुँदैछ ।

यसअघि अर्पण थापाको निर्देशनमा बनेको चलचित्र ‘सुनकेशरी’ रिलिज भएको थियो । हरर जनरामा निर्माण भएको यो चलचित्रले अपेक्षित व्यापार गर्न सकेन । समिक्षात्मक रुपमा पनि चलचित्र सफल हुन सकेन । हरर चलचित्र हेर्ने दर्शक भड्काएको आरोप अर्पण थापालाई लाग्यो ।

तर, अहिले पुनः अर्पणले हरर चलचित्र ‘घर’ निर्देशन गरेका छन् । यसै सेरोफेरोमा रहेर अर्पणसँग अनलाइनखबरका लागि दिप्सन लुइटेलले गरेको कुराकानीः

हरर चलचित्र खासै सफल मानिन्दैन । तपाईले किन पुनः यसैलाई रोज्नुभयो ?
विश्व बजारलाई हेर्ने हो भने त हरर चलचित्र सफल छन् । यसको लगानी र कमाईलाई हेर्ने हो भने ‘एभेन्जर’सँग दाजिन्छ । त्यसैले यो असफल जनरा हो जस्तो मलाई लाग्दैन ।

नेपाली हरर चलचित्रले त सफलता पाएका छैनन् नि !
होला । तर, प्रयास त गरेको हो नि । सफलताको छेउसम्म त पुगेको छ नि । अब ‘घर’ले त्यो कुरालाई पुरा गर्छ भन्नेमा विश्वस्त छु ।

तर, तपाईलाई त ‘सुनकेशरी’बाट हरर चलचित्रका दर्शकलाई भड्काउनु भएको आरोप लागेको छ ? ‘घर’बाट ती दर्शक कसरी फर्काउनुहुन्छ ?
त्यसो त यहाँ कैयौं चलचित्र फ्लप भइरहेका हुन्छन् । त्यसको पूर्ण जिम्मेवार निर्देशकले मात्रै लिने त ?

किन राम्रो प्रतिक्रिया आएन त ?
दर्शकले उक्त चलचित्रलाई हार्डकोर हरर चलचित्र भनेर हेर्न जानुभयो । चलचित्र लाइट हार्टेड हरर चलचित्र थियो । हामीले दर्शकलाई त्यो कुरा बुझाउन सकेनौँ । त्यही कुरामा हामी चुकेका थियौं ।

‘भूत’ भन्ने बित्तिकै केटी पात्रलाई देखाउनै पर्ने किन होला ?
सायद हाम्रो परम्परादेखि नै ‘भूत’ भन्ने बित्तिकै केटी पात्रको इमेज दिमागमा सेट भएको छ । अझ अर्को कुरा त के भने, केटीलाई भूत बनाउन सजिलो पनि हुन्छ । लामो कपाल, नङ सबै उनीहरुमा नै सजिलो हुन्छ । त्यसैले पनि होला कि ।

सेतो लुगा लगाएको, अगाडि कपाल झारेको, जिग्रिङ्ग परेका मात्र ‘भूत’ हुन्छन् र ?
त्यही त भन्दैछु । हाम्रो दिमागमा भूत भन्ने बित्तिकै त्यस्तै चित्र आउँछ । त्यसैलाई हामीले पर्दामा देखाएका हुन्छौ । भूत त अमेरिका, जापान, भारत वा नेपाल, जहाँको पनि त्यस्तै त हो नी ।

दर्शकलाई उज्यालोमा पनि तर्साउन सकिन्न र ?
सकिन्छ । मैले ‘सुनकेशरी’मा सोही प्रयास गरेको हुँ । तर, त्यो कुरालाई दर्शकले रुचाउनु भएन । हरर चलचित्र भन्ने बित्तिकै दर्शकलाई अध्यारो र जंगल नै चाहिने रहेछ ।

तर्साउन कत्तिको गाह्रो रहेछ त ?
तर्साउन निकै गाह्रो छ । अलिकति केही चिप्लियो भने गाली खाइन्छ । त्यसैले हरेक कुरामा विषेश ध्यान दिन पर्छ ।

‘घर’मा के फरक छ ?
यो पनि पूर्ण रुपमा ‘घर’मा नै खिचिएको चलचित्र हो । तर, यसलाई हामीले अलिक हार्डकोर हरर चलचित्र बनाएका छौं । यो चलचित्रमा ‘ब्लड’को पनि प्रयोग गरेका छौ ।

‘घर’बाट कतिको आशावदी हुनुहुन्छ ?
म एकदमै आशावादी मान्छे हुँ । त्यसैले यो चलचित्रबाट पनि आश छ । तर, म निराश हुने मान्छे होइनँ । सफल भए नि असफल भए नि अर्को चलचित्र फेरि पनि बनाउनेछु ।

अब पुनः हरर चलचित्रमा निर्देशन गर्ने की नयाँ सोच छ ?
मैले कुनै पनि जनरालाई दोहो¥याएर काम गरेको थिइनँ । हरर चलचत्रिमा मात्रै मैले दोहोर्याएर काम गरेको हुँ । अब भने एकचोटी फरक जनरामा काम गर्छु । अनि पुनः हरर गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment