Comments Add Comment

चलचित्र विकास बोर्डले भन्यो : सरोज खनालको फोटो नियोजित रुपमा खिचियो

३० असार, काठमाडौं । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण कार्यक्रमको फोटो विवादबारे चलचित्र विकास बोर्डले धारणा सार्वजनिक गरेको छ ।

अभिनेता सरोज खनालले शौचालयको कमोडमाथि बसेको फोटो फेसबुकबाट सार्वजनिक गरेपछि विवाद भएको थियो । सोमबार चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गरी उक्त तस्वीर नियोजित रुपमा खिचिएको दाबी गरेको छ ।

‘राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ’, चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्दछ ।’

तर, खनालले अभिनेत्री करिष्मा मानन्धरको स्टाटसमा फोटोसहित कमेन्ट गर्दै शितलनिवासमा त्यो नै आफ्नो पहिलो र अन्तिम प्रस्तुति भएको बताएका थिए ।

उनले अगाडि भनेका थिए, ‘सम्मानित हुने र सम्मान गर्ने सोफामा विराजमान थिए तर, हामी पर्फमर करिब ३५ जनालाई ८/१० को कोठामा कोचेर राखियो । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर पालो पर्खी बसेँ ।’

विज्ञप्तिमा पुरस्कार वितरणको कार्यक्रम बोर्डले आयोजना गरेको र शितल निवासले कार्यक्रम हल एवं समय मात्र उपलब्ध गराएको दाबी गर्र्दै राष्ट्रपति कार्यालयको कार्यक्रममा अन्य कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ ।

सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारलाई कुनै कमीकमजोरी भएको भए बोर्डले क्षमा माग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment