+
+
Shares

बाढी र डुवानको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा दुख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते १३:४३

३१ असार, काठमाडौं । बाढी पहिरो र डुवानका कारण नेपालसहित दक्षिण एसियाका देशहरु प्रभावित भएकोमा संयुक्त राष्ट्रसंघका महासचिवले दुख व्यक्त गरेका छन् ।

महासचिव एन्टोनियो गुटेरेसका सहायक प्रवक्ताले विज्ञप्ति जारी गरी मनसुनी बर्षा र त्यसपछि आएका बाढीका कारण जीवन गुमाएका, घरवार र सम्पत्ति गुमाएका नेपाल, भारत, बंगलादेश र म्यानमारका वासिन्दाप्रति सहानुभूति व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइते हुनेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले बाढी र पहिरो प्रभावित देशलाई मानवीय सहायता गर्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?