+
+

अष्ट्रेलियाका पत्रिकाले क्रिस गेललाई क्षतिपूर्ति तिर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते १८:२९

३१ असार, काठमाडौं । वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलले दायर गरेको मानहानी मुद्दामा अष्ट्रेलियाका तीन पत्रिकाले क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । ती पत्रिकाले क्षतिपूर्ति तिर्न नपर्ने भनी गरेको अपिल अदालते खारेज गरेको छ ।

अब क्रिस गेलले तीन लाख अष्ट्रेलियन डलर क्षतिपूर्ति पाउने भएका छन् । गत वर्ष न्यु साउथ वेल्सको सर्वोच्च अदालतले गेललाई क्षतिपूर्ति स्वरुप सिड्नी मर्निङ हेराल्ड, द एज र क्यान्बर टाइम्सले तीन लाख अष्ट्रेलियन डलर तिर्नु पर्ने फैसला सुनाएको थियो ।

तर ती पत्रिकाहरुले फेरि क्षतिपूर्ति नतिर्ने भनी पुनरावेदन गरेका थिए । तर उनीहरुको पुनरावेदन खारेज भएको हो ।

सन् २०१५ मा मसाज सेन्टरमा एक महिलाको अगाडि नाङ्गै बसेको भन्दै ती पत्रिकाहरुले समाचार प्रकाशित गरेका थिए । तर गेलले यो समाचार झुटो भएको भन्दै अदालतमा मुद्दा हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?